इजिप्टको ‘मिस इको इन्टरनेसनल’मा अनुश्मा « Khabarhub

इजिप्टको ‘मिस इको इन्टरनेसनल’मा अनुश्मा


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२१’मा नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्ने भएकी छन् ।

मिस इकोका लागि आधिकार प्राप्त नेपाली संस्था ग्रीन आर्ट मिडियाले प्रतियोगितामा नेपाली प्रतिनिधिको रुपमा रायमाझीलाई पठाउन लागेको हो ।

१८ मार्चदेखि ५ जुनसम्म आयोजना हुने प्रतियोगिताका लागि छानिएकी रायमाझी ‘मिस इको इन्टरनेशनल नेपाल २०२०’को विजेता हुन् । ६० बढी देशका इको सुन्दरीहरुको सहभागीता रहने प्रतियोगिताका लागि रायमाझी नेपालबाट एक्लो सहभागी हुनेछिन् ।

२१ वर्षीया रायमाझी प्रतियोगिताका लागि मार्चको पहिलो साता इजिप्ट जाँदैछिन् । यसअघि यो प्रतियोगितामा प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य, मुना गौचन र मौनता लामाले सहभागिता जनाइसकेका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  १० : ०० बजे

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति

पर्वत– पर्वतको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको