प्रेरक प्रसंग : जो दृष्टिबिहीन भएरै आविष्कार गरे ब्रेललिप « Khabarhub

प्रेरक प्रसंग : जो दृष्टिबिहीन भएरै आविष्कार गरे ब्रेललिप


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज संसारभरिका हजारौँ दृष्टिविहीनहरुले स्कूलदेखि विश्वविद्यालयसम्मको पढाई सफलतापूर्वक छिचोलेर डिप्लोमा, डिग्री र पिएचडी सम्मका उपाधिहरु हात पारिसकेका छन् ।

यसरी दृष्टिविहीन अन्धाहरुको निम्ति छुट्टै लिपी र पुस्तकको आविष्कार गर्ने व्यक्ति लुई ब्रेल हुन् । लुई ब्रेल आफू स्वयम् अन्धा थिए । एउटा अन्धो मानिसले संसारको निम्ति यति महान् काम गर्न सक्छ भन्ने कुरा कसैले सोचेका थिएनन् ।

उनकै नामबाट ब्रेललिपी नाम रहन गएको हो । जुन लिपीको माध्यमबाट संसारभरिका अन्धा अपाङ्हरुले अध्ययन गर्न पाइरहेका छन् यसै लिपीले आज लाखौँ अन्धाहरुलाई अक्षरको उज्यालो दुनियाँमा ल्याइदिएको छ र उनीहरु शिक्षित बनेका छन् । स्वावलम्बी बनेका छन्, आत्मनिर्भर बनेका छन् ।

यिनी सार्कीका छोरा थिए । यिनको जन्म सन् १८०९ मा फ्रान्समा भएको थियो । यिनका बाबु छालाको काम गर्थे । घोडाको जिलकाँठी र लगाम बनाउने काम गर्थे । सुरुमा यिनी जिद्दी नै थिए ।

दुर्भाग्यवस एकदिन यिनी बाउका औजारहरु खेलाउँदै थिए, छालाको काम गर्न प्रयोग गरिने त्यस्ता औजाहरुहरु चलाउँदा चलाउँदै एउटा घातक सियो उछिट्टिएर यिनको आँखामा पस्यो । सियोले यिनका आँखाका नानीहरु क्षतविक्षत पारिदियो ।

यिनको उज्यालो संसार एकाएक कालो अन्धकारमा परिणत भयो । एक्कासी अन्धा बनेपछि यिनी दुःखीत बने तर हिम्मत र आत्मबल भने गुमाएनन् ।

यिनका बाबुले पनि यिनलाई असाध्यै माया गर्थे । आफ्नो छोरालाई साङ्गहरुको झैँ सक्षम र सबल बनाउन चाहन्थे । आफूले बाहिरी संसार नदेखे पनि यिनी असाध्यै मेहनती थिए । साङ्ग मानिसहरुको झैँ छालामा पालिस लगाउँथे ।

झुम्का बुन्थे, खानाखाने टेबुल मिलाउँथे, आफ्ना सामान ठीकठीक ठाउँमा तह लाएर राख्थे, पानी लिन जान्थे, आँखा नदेखे पनि स्पर्शबाट, घ्राण शक्तिबाट, ध्वनिबाट धेरै कुरा थाहा पाउँथे ।

यिनलाई सुरुमा एक पादरीकोमा पढाउन थालियो । उनले त्यहाँ इतिहास, विज्ञान र कथाहरु पढे । पछि उनलाई द रोयल इन्स्टिच्युट अफ ब्लाइन्ड यूथमा पढ्नको लागि पठाइयो । त्यहाँ इतिहास, भूगोल, व्याकरण, गणित र सङ्गीतको शिक्षा हासिल गरे । अक्षरलाई छामेर पढ्थे तर बिर्सिहाल्थे । पढ्ने कुरा ज्यादै कठिन भयो यिनलाई । तर पनि यिनले हरेस खाएनन् ।

एक दिन यिनले नयाँ कुरा थाहा पाए, जसले गर्दा जीवनमा सफलताको ठूलो द्वार खुल्यो । एउटा सेनाको कप्तानले अक्षरको साटो थोप्लाको प्रयोग गरेर सङ्केत भाषामा गोप्य सूचनाहरु आदानप्रदान गर्थ्यो । त्यसरी सङ्केत या प्रतीकको माध्यमबाट (सोनोग्राफी) को माध्यमबाट सूचना आदानप्रदान गर्नु लुई ब्रेलको निम्ती प्रेरणाको श्रोत बन्यो ।

अब उनी स्कुलबाट घर पर्किएपछि अन्धाहरुका निम्ति छामेर पढ्न सकिने थोप्ले अक्षरहरु तयार गर्न थाले । यो काममा लागेपछि भोक बिर्से । प्यास बिर्से, सुत्न बिर्से । यति तन्मयताका साथ अक्षरहरु तयार गरे । जुन कालान्तरमा ब्रेललिपिको वर्णमालाको रुपमा दुनियाँसामु आयो ।

१५ वर्षको यो अद्भुत कामलाई सुरुमा कसैले पत्याएनन् । यिनको आविष्कारलाई रद्दीको टोकरीमा फ्याँक्ने प्रयास पनि गरियो ।

उनको स्कुलको निर्देशकले त ब्रेललिपिलाई खिसीट्यूरीमात्र गरेनन्, यसको प्रयोगमा प्रतिबन्ध समेत लगाए । तर असल र वैज्ञानिक कामलाई प्रतिबन्ध लाएर कहाँ रोक्न सकिन्थ्यो र ?

उनको ब्रेल लिपिमा किताबहरु बने । ब्रेल पुस्तकको छापाखाना बन्यो र संसारभरिका अन्धाहरुले सुगमताका साथ लेखपढ गर्न पाए । उनी ३५ वर्ष भएपछि रोगको कारण थला परे । तर यिनको आविष्कार संसारभरि फैलिँदै गयो । सन् १८५२ मा ४३ वर्षको उमेरमा यिनको निधन भयो ।

साभार : महान् व्यक्तिका प्रेरक प्रसङ्गहरुकिताबबाट

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ६ : १५ बजे

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा