बार्सिलोना ला लिगाको दोस्रो स्थानमा, मेस्सीले बनाए अर्को कीर्तिमान « Khabarhub

बार्सिलोना ला लिगाको दोस्रो स्थानमा, मेस्सीले बनाए अर्को कीर्तिमान


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ६-१ गोलले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र सेर्जिनो डेस्टले दुई दुई गोल गरे । एन्टोनियो ग्रीजम्यान र ओसुमाने डेम्बेलेले एक एक गोल गरे । सोसिडाडका एण्डरले रक गोल फर्काए ।

यस खेलसँगै मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान बनाएका छन् । मेस्सी बार्सिलोनाका लागि ७ सय ६८ खेल खेल्दै क्लबका लागि सर्वाधिक धेरै खेल्ने खेलाडी बनेका हुन् ।

मेस्सीले पूर्व खेलाडी जाभीको कीर्तिमान भङ्ग गरेका हुन् । जितसँगै बार्सिलोना २८ खेलमा ६२ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सोसिडाड ४५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ७ : २० बजे

नेपाललाई सहयोग गर्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

वाशिङटन, डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६