खबरहब एप आईएसओमा पनि उपलब्ध « Khabarhub

खबरहब एप आईएसओमा पनि उपलब्ध


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पेभेलियन मिडिया प्रालिले सञ्चालन गरेको खबरहब डिजिटल पत्रिकाले मोबाइल प्रयोगकर्ताको सहजताका लागि ‘खबरहब एप’ प्रयोगमा ल्याएको छ ।

एन्ड्रोइड एप प्रयोगमा ल्याएको खबरहबले आईएसओमा पनि एप ल्याएको हो । प्रयोगकर्ताको माग सम्बोधन गर्न खबरहब एप एन्ड्रोइडसँगै आईओएसमा पनि सार्वजनिक गरिएको हो।

यो एपमा नेपाली र अंग्रेजी भाषा छनौट गर्न सेटिङको सुविधा छ। नेपाली समाचार प्राप्त गर्न चाहनेले सेटिङबाट नेपाली र अंग्रेजी पाठकले अंग्रेजी छनौट गर्नुपर्नेछ।

खबरहब एपको आईओएसमा डाउनलोड गर्नका लागि यो लिंकमा र एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुपर्नेछ। अथवा एन्ड्रोइड र आईओएसमा गई खबरहब सर्च गरेर पनि प्राप्त गर्न सकिनेछ ।

खबरहब एपमा समाचार, रिपोर्ट, विचार, खेलकुद, मनोरञ्जन, राशिफल, नेपाली पात्रो, शेयर बजार, रेडियो, विदेशी मुद्रा, सुनचाँदीको मूल्य, मिति परिवर्तन, युनिकोड लगायतका फिचर पनि समावेश छन् ।

खबरहबका अधिकांश सामग्री सहज रुपमा एकै ठाउँमा प्राप्त गर्न एपले सहज बनाउनेछ। एपमार्फत महत्त्वपूर्ण ब्रेकिङ समाचारका लागि पाठकलाई नोटिफिकेसनमार्फत सूचना समेत दिने व्यवस्था मिलाइएको छ । प्रयोगकर्ताले आफ्नो इच्छाअनुसार मोबाइल एपमा नोटिफिकेसन सुचारु गर्न र बन्द गर्न सक्नेछन् ।

केही महीना एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोरमार्फत प्राप्त गरिरहेको एप लोकप्रियता हाँसिल गरेसँगै आइएसओमा पनि लगिएको हो। खबरहबको एन्ड्रोइड एप तीन महीनामा नै १६ हजारभन्दा बढी प्रयोगकर्ताले डाउनलोड गरिसकेका छन् । एपलाई समयसान्दर्भिक परिमार्जन गर्दै लगिने तथा सुविधा र विशेषता पनि थप गर्दै लगिने पेभेलियन मिडिया प्रालिले जनाएको छ।

खबरहबले आफ्ना अधिकांश सामग्री र सुविधा यही एपबाट उपलब्ध गराउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  १ : ३१ बजे

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन (तस्बिर)

काठमाडौँ– सरकारले काठमाडौँ उपत्यकाका बागमती र मनोहरा नदीकिनार अतिक्रमण गरी

आईपीएल क्रिकेट : गुजरातविरुद्ध आरसीबीको ५ विकेटको जित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)

भूमिहीन ३० दिनभित्र सम्पर्कमा आउनु : वीरगञ्ज महानगरपालिका

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले मुल सडक विस्तारको क्रममा पूर्णरुपमा भूमिहीन हुन