एमालेले सोध्यो माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण « Khabarhub

एमालेले सोध्यो माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेले माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता नेपालसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेका हुन् ।

पार्टी कार्यालयका कर्मचारी कुमार उप्रेतीले चारै नेताका घरमा स्पष्टीकरण पत्र पुर्‍याएको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।

स्वकीय सचिवहरूमार्फत् स्पष्टीकरण पत्र थमाइएको उनले बताए ।

पार्टी हितविपरीत किन गतिविधि गरेको भनेर तीन दिने स्पष्टीकरण सोधिएको बुझिएको छ ।

शनिबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय सदस्य थपेको र विधान संशोधन गरेको भन्दै नेपाल समूह शनिबारको बैठकमा अनुपस्थित भएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  १ : २७ बजे

दुई महिनाको शिशुसहित परिवारको स्याफ्रुवेंशीबाट उद्धार (तस्बिरहरू)

रसुवा– रसुवाको बाढी प्रभावित स्याफ्रुवेंशीबाट दुई महिनाको शिशुसहित एक परिवारको

भीम रावलले भने : विपद् सामना गर्न प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक राखौँ

काठमाडौं- नेकपा नेता तथा पूर्वरक्षामन्त्री डा. भीम रावलले रसुवाको भोटेकोसी–त्रिशूली

पाँच महिनामै टुट्यो र्‍यापर बादशाहको दोस्रो बिहे

काठमाडौं – बलिउड र्‍यापर बादशाहको दोस्रो बिहे पनि टुटेको छ

टिमुरेबाट बाढीमा बेपत्ता भन्सार अधिकृत शर्माको शव गोरखास्थित त्रिशूलीमा भेटियो

काठमाडौं- रसुवास्थित टिमुरे भन्सार कार्यालयका अधिकृत नकुल शर्माको शव गोरखास्थित

नवलपुरमा भेटिएका १५९ शव व्यवस्थापन

नवलपुर– भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीका कारण