चोरी भएका ३० मोटरसाइकलसहित २ जना पक्राउ | Khabarhub Khabarhub

चोरी भएका ३० मोटरसाइकलसहित २ जना पक्राउ


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने सवारी साधन चोरी नियन्त्रण तथा त्यसमा संलग्न व्यक्तिलाई कारबाहीको प्रक्रिया तीब्र रुपमा अगाडि बढाएको छ ।

महाशाखाले पीडित सहायता इकाइबाट खटिएको टोलीले गोलढुङ्गाबाट गंगबु बस्ने अशोकमानसिंह कुवरको हराएको बा९२प ९१३३ नम्बरको निलो बुलेट बाइक चोरीको आरोपमा नुवाकोटका ३० वर्षीय विमल गुरुङ र मोरङ बेलबारी घर भई गोलढुङ्गा बस्ने आशिष खत्रीलाई मोटरसाइकलसहित पक्राउ गरेको हो ।

उक्त मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी बा९६प ४५९० नम्बर प्रयोग गरेको अवस्थामा पक्राउ गरेको हो ।

महाशाखा दुई हप्तामा चोरी भएका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर गरी ३० वटा मोटरसाइकल खोजतलास एवं बरामद गर्न सफल भएको छ ।

चोरी भएका मोटरसाइकल उपत्यका र आसपासका विभिन्न स्थानबाट बरामद गरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएका छन् ।

कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियान तिब्र बनाइएको ताए । यसका लागि सादा पोसाकमा समेत विशेष ट्राफिक प्रहरीको टोली परिचालन गरेका उनले बताए ।

महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले उपत्यकाका भक्तपुर, काँडाघारी, माछापोखरी, गोकर्णेश्वर, टोखा, नयाँबसपार्कका साथै उपत्यकासँग सीमाना जोडिएका विभिन्न स्थानहरुबाट यी मोटरसाइकलहरु बरामद गरेको एसएसपी भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  २ : २८ बजे

गोली प्रहारबाट किशोरीको हत्या

सुनसरी– सुनसरीको हरिनगर गाउँपालिका– ६, घुस्कीमा गोली प्रहारबाट आइतबार राति

समूहमा विजेता हुँदै फ्रान्स क्वार्टर फाइनलमा

काठमाडौं – नेदरल्यान्ड्सलाई ५-२ ले हराउँदै फ्रान्स महिला युरो कप

देशभर ५९ प्रतिशत रोपाइँ सम्पन्न, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौं– देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ

कांग्रेस–एमाले गठबन्धन सरकारको एक वर्ष पूरा, संविधान संशोधनको सहमति कागजमै सीमित

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपाली कांग्रेस

पानी नपर्दा सुक्यो धानको रोपो

सुनसरी– समयमै वर्षा नहुँदा सुनसरीका किसानले राखेको धान ब्याडमै सुक्न