कूटनीतिक नियोग र अन्तर्राष्ट्रियस्तरका सरकारी संस्थाले पनि खोप ल्याउन पाउने « Khabarhub

कूटनीतिक नियोग र अन्तर्राष्ट्रियस्तरका सरकारी संस्थाले पनि खोप ल्याउन पाउने


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रियस्तरका सरकारी संस्थालाई पनि कोरोनाविरुद्धको खोप ल्याउन दिने भएको छ ।

औषधि व्यवस्था विभागले अब कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्थालाई खोप ल्याउन दिने निर्णय गरेको बताएको हो ।

सोमबार एक विज्ञप्ति जारी गर्दै विभागले औषधि वा खोपको आपतकालीन प्रयोगसम्बन्धी संहिता, २०७७ बमोजिम नेपाल सरकारलाई दातृराष्ट्र, अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्था वा परोपकारी संस्थाले अनुदानमा खोप उपलब्ध गराउने भएमा परराष्ट्र मन्त्रालय एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा औषधि व्यवस्था विभागले आयात अनुमति दिने र नियोगले खोपको प्रयोग प्रतिवेदन स्वस्थ्य मन्त्रालयमा ताकेको ढाँचामा उपलब्ध गराउनुपर्ने जनाएको छ ।

यस्तै, नेपाल सरकारलाई दातृराष्ट्र, अन्तराष्ट्रिय अन्तरसरकारी संस्था वा परोपकारी संस्थाले अनुदानमा खोप उपलब्ध गराउने भएमा स्वास्थ्य मन्त्रालयको सिफारिसमा विभागले आयात अनुमति दिने व्यवस्था मिलाइएको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तो छ औषधि व्यवस्था विभागद्वारा जारी सूचना

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ४ : २० बजे

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको