सरकारले देश र जनतालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ : मन्त्री गुरुङ « Khabarhub

सरकारले देश र जनतालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ : मन्त्री गुरुङ


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान सरकारले देश र जनतालाई प्राथमिकतामा राखेर काम गरेको बताएका छन्।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको २० औँ स्थापना दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित ‘सामुदायिक रेडियो : नीतिगत बहस’ विषयको अन्तर्क्रियामा मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

उनले माओवादीले दिएको समर्थन फिर्ता लिने वित्तिकै सरकार अल्पमतमा पर्ने भएपनि सरकारले जनता र देश केन्द्रीत कार्यलाई प्राथमिकतामा राखेको बताए ।

उनले अहिले एमालेलाई सत्तामा रहँदा जनताको काम गर्ने अवसर र प्रतिपक्षीमा रहनु परे पनि संगठन निर्माणको अवसर मिल्ने जिकिर गरे ।

उनले समुदायका निम्ति खोलिएका सामुदायिक रेडियो समुदायप्रति साँच्चिकै उत्तरदायी भएरनभएको बारे समीक्षा गर्नुपर्ने जिकिर गरे ।

उनले पछिल्लो समय सामुदायिक रेडियोका नाममा भएका विकृति हटाउनुपर्ने जनाउँदै सामुदायिक रेडियोमा प्रसारण हुने विषयवस्तुबारे पनि समीक्षा हुनुपर्नेमा जोड दिए ।

सांसद राधेश्याम अधिकारीले सामुदायिक रेडियो महिला, दलित लगायत सीमान्तकृत समुदायप्रति उत्तरदायी हुनुपर्ने बताए ।

त्यस्तै सांसद रामनारायण बिडारीले सामुदायिक रेडियोमैत्री सञ्चारसम्बन्धी ऐन/कानून बनाउन सरकारसमक्ष आग्रह गरे ।

सामुदायिक रेडियोको हकहितका लागि छाता सङ्गठनका रुपमा २०५७ साल चैत ९ गते स्थापित अकोराब अहिले मुलुकका ७७ वटै जिल्लामा फैलिएको छ । संस्थाको सदस्यका रुपमा ३६० सामुदायिक रेडियो छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  १० : ५९ बजे

काठमाडौँमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु

काठमाडौँ– हिमालयन रिम फिल्म प्रदर्शनी सुरु भएको छ । ‘मार्शल

विश्वकप २०२६ का सबैभन्दा महंगा प्रशिक्षक को हुन् ?

फिफा विश्वकप २०२६ अब ढोकामै आइपुगेको छ। अमेरिका, मेक्सिको र

भोजपुरको षडानन्दमा ‘एक घर एक धारा’ को पहुँच

भोजपुर– भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी

म्याग्दीका तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण

म्याग्दी– ऊर्जा, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत चालु आर्थिक

प्रधानमन्त्री बालेन लक्षित रविका दाजुको व्यङ्ग्य: ‘संसद् नजाने भए टेलिभिजनमा बोलाएर र्‍याखर्‍याख्ती पार’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका