सूचनाको हकका नाममा दुःख दिने विचौलियालाई तह लगाउनुपर्छ : मन्त्री गुरुङ « Khabarhub

सूचनाको हकका नाममा दुःख दिने विचौलियालाई तह लगाउनुपर्छ : मन्त्री गुरुङ


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङले गलत नियतले सूचनाको हक प्रयोग नर्गन आग्रह गरेका छन् ।

राष्ट्रिय सूचना आयोगले सोमबार गरेको सूचनाको हकसम्बन्धी अन्तरक्रियामा बोल्दै मन्त्री गुरुङले अरुलाई दुःख दिन सूचनाको हकको प्रयोग गर्ने विचौलियाहरुलाई तह लगाउनुपर्ने बताएका हुन् ।

उनले कतिपय सञ्चारकर्मीहरुले समेत असल सूचना नदिएर विकृति विसंगतीबारे बढाइचढाई सूचना सम्प्रेषण गरेको बताउँदै त्यस्ता गतिविधिहरु सूचना आयोगले नियन्त्रण गर्नुपर्ने बताए ।

उनले राज्यलाई सहयोग पुर्‍याउन नै सूचना आयोगको कल्पना गरेको तर्क गरे ।

मन्त्री गुरुङले अदालतमा मात्रै नभएर सबै ठाउँमा विचौलियाहरु भएका कारण वेलैमा विचौलीयाहरुले मौका पाउने वातावरण नबनाउन आग्रह गरे । उनले राज्यले परिकल्पना गरे अनुसार नै सूचना आयोगले कार्य सम्पाद गर्न सके भाषाभाषीको मात्रै कल्याण नभएर नेपाली कला संस्कृतिको जर्गेना हुने तर्क गरे ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्र मान गुरुङले भाषालाई प्राथकिता दिनुपर्ने बताए । उनले भाषासँगै सूचनाको हक प्रयोगलाई विभिन्न भाषामा प्रवाह गर्नुपर्नेमा समेत जोड दिए ।

उनले सूचनाको हकले सुशासन कायम गर्न, देशलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले नागरिकलाई सही तरिकाले सूचनाको हक प्रयो गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ४ : ५५ बजे

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

लमजुङ- नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर