सूचनाको हकका नाममा दुःख दिने विचौलियालाई तह लगाउनुपर्छ : मन्त्री गुरुङ « Khabarhub

सूचनाको हकका नाममा दुःख दिने विचौलियालाई तह लगाउनुपर्छ : मन्त्री गुरुङ


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङले गलत नियतले सूचनाको हक प्रयोग नर्गन आग्रह गरेका छन् ।

राष्ट्रिय सूचना आयोगले सोमबार गरेको सूचनाको हकसम्बन्धी अन्तरक्रियामा बोल्दै मन्त्री गुरुङले अरुलाई दुःख दिन सूचनाको हकको प्रयोग गर्ने विचौलियाहरुलाई तह लगाउनुपर्ने बताएका हुन् ।

उनले कतिपय सञ्चारकर्मीहरुले समेत असल सूचना नदिएर विकृति विसंगतीबारे बढाइचढाई सूचना सम्प्रेषण गरेको बताउँदै त्यस्ता गतिविधिहरु सूचना आयोगले नियन्त्रण गर्नुपर्ने बताए ।

उनले राज्यलाई सहयोग पुर्‍याउन नै सूचना आयोगको कल्पना गरेको तर्क गरे ।

मन्त्री गुरुङले अदालतमा मात्रै नभएर सबै ठाउँमा विचौलियाहरु भएका कारण वेलैमा विचौलीयाहरुले मौका पाउने वातावरण नबनाउन आग्रह गरे । उनले राज्यले परिकल्पना गरे अनुसार नै सूचना आयोगले कार्य सम्पाद गर्न सके भाषाभाषीको मात्रै कल्याण नभएर नेपाली कला संस्कृतिको जर्गेना हुने तर्क गरे ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्र मान गुरुङले भाषालाई प्राथकिता दिनुपर्ने बताए । उनले भाषासँगै सूचनाको हक प्रयोगलाई विभिन्न भाषामा प्रवाह गर्नुपर्नेमा समेत जोड दिए ।

उनले सूचनाको हकले सुशासन कायम गर्न, देशलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले नागरिकलाई सही तरिकाले सूचनाको हक प्रयो गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ४ : ५५ बजे

बिदुरमा राहत सामग्री देखाएर फोटो खिच्नेको भीड छ, अन्यत्रका बाढीपीडित भोकै छन् : स्वास्थ्यकर्मी भट्टराई

नुवाकोट– गत बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको

त्रिशूली–३ ‘बी’को क्याम्प लेदोले पुरिँदा ४३ जना सम्पर्कविहीन, उद्धारमा ढिलाइ नगर्न माग

काठमाडौँ– अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भदौ १०

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन