४० वर्ष जेलमा बसेका दुर्गाप्रसादले क्षतिपूर्ति पाउन सक्ने « Khabarhub

४० वर्ष जेलमा बसेका दुर्गाप्रसादले क्षतिपूर्ति पाउन सक्ने


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय जेलबाट ४० वर्षपछि रिहा भएका नेपाली नागरिक दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) लाई क्षतिपूर्ति दिने विषयमा विचार गर्नु उपयुक्त हुने कोलकाता उच्च अदालतले आदेश दिएको छ ।

इलामका तिम्सिनाको मुद्दामाथि फैसला गर्दै सोमबार कोलकाताको उच्च अदालतले उनको परिवारले मागे कानुन अनुसार क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई निर्देशन दिएको उनका वकिल हिरक सिन्हाले जानकारी दिए ।

शनिबार कारागारमुक्त भएका तिम्सिना हिजो (आइतबार) इलामस्थित आफ्नो घर पुगिसकेका छन् ।

अदालतको दस्तावेजनमा उनलाई दीपक जोशी भनिएको छ । उच्च अदालतका मुख्य न्यायाधीशसहितको दुई सदस्यीय इजलासले सोमबार जारी गरेको आदेशमा दीपकको परिवार विपन्न भएको तथा उनी पक्राउ र जेल परेपछि परिवारले सामाजिक चुनौती खेप्नु परेको आफूलाई बताइएको उल्लेख छ ।

‘झन्डै ४१ वर्ष बिना सुनुवाइ अन्य आवश्यक प्रक्रिया अवलम्बन नगरी थुनामा परेकाले उनलाई क्षतिपूर्ति दिने आदेश राज्यलाई दिएर सहयोग गर्नुपर्छ भन्ने हामीलाई लागेको छ ।’ आदेशमा भनिएको छ, ‘यस विषयमा राज्यलाई क्षतिपूर्तिबारे आदेश दिनु उपयुक्त हुन्छ कि भनेर विचार गर्नु उपयुक्त हुन्छ भन्ने हामीलाई लागेको छ ।’

चार पृष्ठको आदेशमा पश्चिम बंगाल राज्यका प्रमुख न्यायाधिवक्तालाई यो विषयमा जानकारी गराउँदै अदालतले सरकारले उपयुक्त प्रतिक्रिया जनाउने विश्वास व्यक्त गरेको छ ।

यस्तै, अदालतले पश्चिम बंगाल राज्यभरिका विभिन्न जेलमा रहेका मानसिक रोगीको अवस्थाबारे दुई दिनभित्र अदालतलाई जानकारी गराउन निर्देशनसमेत दिएको छ । दुर्गाप्रसाद सन् १९८० मा भारतको दार्जिलिङबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ५ : ३२ बजे

बिदुरमा राहत सामग्री देखाएर फोटो खिच्नेको भीड छ, अन्यत्रका बाढीपीडित भोकै छन् : स्वास्थ्यकर्मी भट्टराई

नुवाकोट– गत बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको

त्रिशूली–३ ‘बी’को क्याम्प लेदोले पुरिँदा ४३ जना सम्पर्कविहीन, उद्धारमा ढिलाइ नगर्न माग

काठमाडौँ– अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भदौ १०

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन