कोरोना सङ्क्रमण नियन्त्रण प्रभावकारी बनाउन निर्देशन « Khabarhub

कोरोना सङ्क्रमण नियन्त्रण प्रभावकारी बनाउन निर्देशन


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्ने सक्ने जोखिमलाई ध्यानमा राखी रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भारतमा सङ्क्रमण बढिरहेकाले नेपालमा पनि बढ्नसक्ने जोखिमलाई दृष्टिगत गर्दै सङ्क्रमणको रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन मन्त्रालय मातहतका सबै कार्यालयलाई निर्देशन दिएको बताए ।

मन्त्रालयले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय, सङ्घीय प्रादेशिक अस्पताल, स्वास्थ्य सङ्घसंस्था, सबै जिल्लास्थित स्वास्थ्य कार्यालय र सीमा नाका सहायता कक्ष, भारतबाट प्रवेश गर्ने नाकामा रहेको सहायता कक्षमा ज्वरो आएका यात्रुको मलेरियाको आरडिटी परीक्षण गर्न र कोभिड–१९ को एन्टिजेन परीक्षणसमेत गर्न निर्देशन दिएको छ । यसरी परीक्षण गर्दा सङ्क्रमण देखिएकाको उपचारको व्यवस्था गर्न स्वास्थ्य सङ्घसंस्थासँग समन्वय गर्न भनिएको छ ।

यस्तै विदेशबाट आएका व्यक्तिलाई क्वारेन्टिनमा राख्न, रोगको निगरानीलाई चुस्तदुरुस्त पार्न पनि निर्देशन दिइएको छ । मन्त्रालयले सङ्क्रमण खोजी गर्न र कन्ट्याक्ट ट्रेसिङको कार्यलाई पनि बढाउन भनेको छ ।

उनले सबै अस्पताल र स्वास्थ्य संस्थामा महामारी व्यवस्थापनका लागि आवश्यक तयारी राख्न पनि निर्देशन दिएको जानकारी दिए । मन्त्रालयले स्थानीय तहलाई सङ्क्रमणको उच्च जोखिम क्षेत्र पहिचान गरी ‘समुदायस्तरमा कोभिड–१९ को गरिने एन्टिजेन परीक्षण प्रक्रियासम्बन्धी मार्गदर्शन’ बमोजिम गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले हिजो नेपालमा पनि सङ्क्रमण बढ्न सक्ने अवस्थालाई दृष्टिगत गर्दै देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, बैठक र भीडभाड हुने कार्य नगर्न–नगराउन निर्देशन दिएको थियो । मन्त्रालयका प्रवक्ता डा गौतमले भारतमा सङ्क्रमण बढेकाले भौतिक दूरी कायम गर्न, मास्क लगाउन, साबुनपानीले राम्रोसँग हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेका छन् ।

नेपालमा अहिलेसम्म दुई लाख ७५ हजार ९०६ जनामा सङ्क्रमण देखिएको छ । यस्तै दुई लाख ७१ हजार ९२१ जना सङ्क्रमणमुक्त र तीन हजार १६ जनाको सङ्क्रमणको कारण मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  १० : ४५ बजे

आगलागीमा एक जनाको मृत्यु

कैलाली– कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक लजमा गए राति आगलागी

प्रहरीको तैनाथी बढेपछि बस्ती खाली गर्दै सुकुमवासीहरू (तस्बिर)

काठमाडौँ– सरकारले थापाथलिस्थित अतिक्रमित क्षेत्र खाली (सुकुम्बासी बस्ती) डोजर लगाएर

अमेरिका र इरानबीच शान्ति वार्ताको प्रयास, ट्रम्पका विशेष दूत विटकोफसहितको टोली पाकिस्तान पुग्दै

काठमाडौँ– अमेरिका र इरानबीचको द्वन्द्व समानधानका लागि पाकिस्तानको मध्यस्थतामा इस्लामावादमा

जलनका बिरामी बढ्दै, उपचार विस्तार भए पनि जनशक्ति अभाव चुनौती

काठमाडौँ – गर्मी तथा हावाहुरीको मौसम सुरु भएसँगै नेपालमा आगलागीका

अनधिकृत संरचना हटाउँदा मानवीय संवेदना पहिलो प्राथमिकता : सुनिता डंगोल

काठमाडौँ– काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक जग्गा संरक्षण