त्रिदेशीय फुटबल : दशरथ रंगशालामा भोलि बंगलादेश र किर्गिस्तान भिड्ने « Khabarhub

त्रिदेशीय फुटबल : दशरथ रंगशालामा भोलि बंगलादेश र किर्गिस्तान भिड्ने


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको घरेलु मैदानमा त्रिदेशीय फुटबल लिग मंगलबारबाट शुरु हुँदैछ ।

काठमाडौंको दशरथ रंगशालामा हुने खेलमा नेपाल,बंगलादेश र किर्गिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ । लिगमा उत्कृष्ट प्रदर्शन गर्ने तीनै देशका प्रशिक्षकहरुले दावी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली घरेलु मैदानमा हुने लिग जितेर नेपाली फुटबल समर्थकहरुलाई खुसी पार्ने आफूहरुको लक्ष्य रहेको बताए ।

घरेलु मैदानमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि प्रयास गर्ने उनले बताए । मुख्य प्रशिक्षक महर्जनले उत्कृष्ट प्रदर्शन गर्न सफल भएमा नतिजा समेत त्यहिँ अनुसार आउने दावी गरे ।

महर्जनले किर्गिस्तान र बंगलादेशबीचको उद्घाटन खेल हेरेर टिमको रणनीति तयार गर्ने बताए । मुख्य प्रशिक्षक महर्जनले टिमको कप्तानी किरण चेम्जोङले गर्ने जानकारी दिए ।

त्यस्तै बंगलादेशका राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जेमी डे ले आफूहरुले त्रिदेशीय प्रतियोगितालाई विश्वकप छनोटको तयारीको रुपमा हेरेको र भोलि हुने पहिलो खेलबाट राम्रो नतिजा आउनेमा आशावादी रहेको बताए ।

किर्गिस्तानका मुख्य प्रशिक्षक अलेक्सान्दर क्रेस्टिनीनले टिमले सकेसम्म उत्कृष्ट प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए ।

मंगलबार हुने उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश भिड्नेछन् । नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुनेछ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  १० : ०० बजे

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा

मनसुनबाट २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौं – यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल