भानुभक्त प्राणी उद्यानमा १२४ प्रजातिका चरा फेला « Khabarhub

भानुभक्त प्राणी उद्यानमा १२४ प्रजातिका चरा फेला


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको व्यास नगरपालिका–१२ स्थित भानुभक्त प्राणी उद्यानमा एक साताका अवधिमा १२४ प्रजातिका चरा भेटिएका छन् । यही वैशाख १ देखि ७ गतेसम्म गरिएको अनुगमनका क्रममा ती प्रजातिका चरा भेटिएका हुन् ।

गर्मीयामको चरा अनुगमनबाट फेला परेका चराका ती प्रजातिको अभिलेख राख्ने काम सम्पन्न प्राणी उद्यानका संरक्षण अधिकृत रुपक महर्जनले जानकारी दिए । ती मध्ये ३६ प्रजातिका चरा गत वर्ष सम्पन्न भएको हिउँदे अनुगमनका क्रममा फेला नपरेका चरासमेत छन् । उनका अनुसार गत वर्षको हिउँदे अनुगमनका क्रममा १४१ प्रजातिका चरा अभिलेख गरिएको थियो । अद्यावद्यिक अभिलेखानुसार प्राणी उद्यान क्षेत्रभित्र १७६ प्रजातिका चरा रहेका बताइएको छ ।

“सानो क्षेत्रफल भएको उद्यानमा १७६ प्रजातिका चरा भेटिनु वन्यजन्तु संरक्षणको दृष्टिकोणले सुखद् र उत्साहप्रद हो”, उनले भने । चार सय २५ हेक्टर क्षेत्रफलमा फैलिएको उद्यानमा अनुगमनका क्रममा प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घको सङ्कटापन्न सूचीमा रहेको विश्वमा दुर्लभ मानिएको गोमायु महाचील र सेतो गिद्ध, संवेदनशील सूचीमा रहेको हिमाली गिद्ध, चश्मे उलुक र घेघरी झाडीफिस्टोसहित रेकर्ड गरिएको छ । साथै नेपालमा मात्र पाइने चरा काँडे भ्याकुरलगायत विभिन्न रैथाने, हिउँदे र ग्रीष्मकालीन आगन्तुक चरा रेकर्ड गरिएको छ ।

उद्यानको सबै क्षेत्रलाई समेटिने गरी लाइन ट्रान्जेक्ट बनाई बिहान र बेलुका उक्त ट्रान्जेक्टमा पैदल हिँडी अवसर अनुगमन गरिएको थियो । चराहरु प्रत्यक्ष देखेर वा स्वर सुनेको आधारमा पहिचान गरी ‘मेकानेन’ विधिबाट अभिलेख राखिएको थियो । उक्त कार्यका लागि बाइनाकुलर, क्यामेरा र चरा पहिचान पुस्तकको प्रयोग गरिएको थियो । चरा अनुगमनका कार्यको गत वैशाख १ गते २६औँ वन्यजन्तु सप्ताहको अवसर पारी शुभारम्भ गरिएको थियो ।

नेपालका विभिन्न स्थानमा पाइने वन्यजन्तुको प्रतिनिधिमूलक वनको रूपमा संरक्षण गर्ने, मध्यपहाडी वन क्षेत्रका घाइते तथा टुहुरा वन्यजन्तुको उद्धार गरी संरक्षण एवं संवर्द्धन गर्ने, वंशाणुगत विविधता संरक्षण गर्ने, प्रयोगशाला अध्ययन, अनुसन्धान प्रवर्द्धन गर्दै संरक्षित क्षेत्रमा वन्यजन्तुको वैज्ञानिक व्यवस्थापनमा विकास गर्नेलगायतका उद्देश्य राखेर सरकारले भानुभक्त प्राणी उद्यानको कामलाई अगाडि बढाएको छ ।

सो उद्यानले १३ वन क्षेत्रलाई समावेश गरेको छ । प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन गरी १३ वन क्षेत्र समावेश गरिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ११ : ४८ बजे

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन

फिक्कल– इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित