नेपाली आकाशमा आज उल्का वर्षाको रमाइलो दृश्य देखिने « Khabarhub

नेपाली आकाशमा आज उल्का वर्षाको रमाइलो दृश्य देखिने


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मौसमले साथ दिएमा आज राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने भएको छ।

वैशाख ३ गतेदेखि सक्रिय रहेको वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) यही वैशाख १७ गतेसम्म सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।

आज राति ११ बजेदेखि भोली बिहान सूर्योदयसम्मको समयमा यो वर्षा उच्च देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए।

अत्यधिक सक्रियताका समयमा प्रतिघण्टा १५ देखि २० वटा उल्का खसेको देख्न सकिने सोसाइटीले जनाएको छ। ‘थ्याचर’ नामक पुच्छ्रेताराले छाडेका धुलोका कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हुँदा यो उल्का वर्षा देखिने गर्दछ। ‘थ्याचर’ पुच्छ्रेताराले सूर्यको एक परिक्रमा गर्न ४ सय १५ वर्ष लगाउँछ।

पुच्छ्रेतारा वा धुमकेतुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलोका कण छाड्ने गर्छन्। जुन लाखौँलाख किलोमिटरसम्म फैलन सक्छ। यसरी फैलिएका धुलोका कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ। परिक्रमा गर्ने क्रममा जब यी धुलोका कण पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्का देखिन्छ।

यदि यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  २ : २५ बजे

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान