काठमाडौँ उपत्यकामा थपिए ११७४ कोरोना संक्रमित « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ११७४ कोरोना संक्रमित


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार १७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९८७, भक्तपुरमा ८१ र ललितपुरमा १०६ जना गरी उपत्यकामा १ हजार १७४ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित पछिल्लो २४ घण्टामा नेपालमा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भने २४ घण्टामा ५ जनाको कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

पीसीआर विधिबाट १० हजार १ जनाको र एन्टिजेन विधिबाट ४४७ जनाको परीक्षण गरिएकोमा ​पीसीआर विधिबाट २३ सय ६५ र एन्टिजेनबाट ६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

यही अवधिमा २५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालसम्म २ लाख ७६ हजार ३४५ जना निको भएका छन् । हालसम्म नेपालमा कोरोनाले ३ हजार ११७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ५ : ३१ बजे

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

चितवन– पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन

आजको प्रतिनिधिसभा बैठक स्थगित : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार

भदौ २३ र २४ मा आन्दोलन हुने खबर भ्रामक छ: रक्षा बम

काठमाडौँ – आगामी भदौ २३ र २४ गते सरकारविरुद्ध पुनः

मधेस प्रदेशमा गत वर्ष ८२१ उद्योग बन्द

जनकपुरधाम– आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२–८३ मा