खुल्ला मञ्चको सिटी बसपार्क बैशाख १५ देखि हटाइने « Khabarhub

खुल्ला मञ्चको सिटी बसपार्क बैशाख १५ देखि हटाइने


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खुल्ला मञ्चमा रहेको सिटी बसपार्क बैशाख १५ गतेदेखि हटाइने भएको छ ।

आज काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीविच सम्पन्न बैठकले वैशाख १५ देखि सो स्थानबाट बसपार्क हटाउने निर्णय गरेको हो ।

खुल्ला मञ्च खाली गराइ त्यहाँका संरचना हटाउने प्रस्तावमाथि छलफल गर्दै खुल्ला मञ्चलाई मौलिक प्रयोगमा ल्याउन यस्तो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको भनाइ छ ।

यहाँबाट सञ्चालन हुने सार्वजनिक सवारीलाई २ वटा विकल्प दिइएको छ । ज्ञवालीले निर्णयका बारेमा जानकारी दिँदै भने, ‘टिकट काउन्टर राखेर चलेका मध्यम दुरीका गाडी गोङ्गबु बस पार्कबाट सञ्चालन हुनेछन् । यस्तै छोटो दुरीका सवारी पिक एण्ड ड्रप प्रणालीबाट चल्नेछन् । पिक एण्ड ड्रप प्रणालीमा चल्ने गाडीहरुका सन्दर्भमा सार्वजनिक सूचना प्रकाशन गरिनेछ । यसका आधारमा निवेदक (यातायात सञ्चालक) हरुबाट प्राप्त निवेदनका आधारमा महानगर र ट्राफिक प्रहरी महाशाखाले व्यवस्थापन गर्नेछन् ।’

त्यहाँको बसपार्क सारेर बैशाख १५ गतेभित्र महानगरले त्यस ठाउँका सबै संरचना हटाउने तयारी थालेको छ ।

‘हामीले यस प्रयोजनका लागि धेरै पटक, सरोकारवालासँग छलफल गरेका छौँ ‘, सहरी सुव्यवस्था विभागका प्रमुख ध्रुव काफ्लेले भने, ‘हामी सिटी बस पार्कसँग सरोकार राख्नेहरुलाई सार्वजनिक सूचना दिने तयारी गरिरहेका छौँ ।’

बैठकमा यातायात व्यवस्था विभागका निर्देशक लोकनाथ भुषाल, ट्राफिक प्रहरी महाशाखाबाट सुनिलजंग शाह, नगर प्रहरी उपरीक्षक धनपति सापकोटासहित अधिकारीहरु सहभागी भएका थिए ।

साविक पुरानो बसपार्क भएको ठाउँमा काठमाडौँ टावर निर्माण हुने भएपछि निश्चित अवधिका लागि त्यस ठाउँबाट चल्ने सवारी साधनलाई खुलामञ्चमा सारिएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  १० : १५ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर