ममता बनर्जी भवानीपूर निर्वाचन क्षेत्रबाट उप-निर्बाचन लड्ने « Khabarhub

ममता बनर्जी भवानीपूर निर्वाचन क्षेत्रबाट उप-निर्बाचन लड्ने


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कलकत्ता(एएनआई )- हालै भारतको पश्चिम बङ्गालबाट निर्वाचनमा पराजित मुख्यमन्त्री ममता बनर्जीले पश्चिम बङ्गालको भवानीपूर निर्वाचन क्षेत्रबाट उप–निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएकी छन् ।

पश्चिम बङ्गालमा बहुमत ल्याउन सफल त्रिणमूल काङ्ग्रेस (टीएमसी) ले मुख्यमन्त्रीमा बनर्जीलाई नै सिफारिस गरी उनले मुख्यमन्त्रीको रूपमा सपथ लिइसकेकी छन् । तर उनी मुख्यमन्त्री रहिरहनका लागि आगामी छ महिनाभित्र पश्चिम बङ्गालको कुनै एक क्षेत्रमा निर्वाचित हुनुपर्नेछ ।

मुख्यमन्त्रीले उप–निर्वाचनमा अहिले प्रतिस्पर्धा गर्ने भनिएको निर्वाचन क्षेत्र उनले यस पहिले दुई पटकसम्म निर्वाचन जितेको क्षेत्र हो ।

यस वर्षको निर्वाचनमा उहाँले नन्दीग्राम क्षेत्र रोजेपनि भारतीय जनता पार्टीका तर्फबाट उम्मेदवार बनेका सुबेन्दु अधिकारीसँगको रोचक प्रतिस्पर्धामा एक हजार ९५६ मत अन्तरले पराजति भएकी थिइन् ।

पश्चिम बङ्गालमा निर्वाचन आफ्नो दलको पक्षमा आएपछि उनलाई त्रिणमुल काङ्ग्रेसले मुख्यमन्त्री बनाएको हो ।

त्रिणमूलका वरिष्ठ नेता तथा भवानीपूर क्षेत्रबाट निर्वाचित सांसद सोभान्देव चटर्जीले पार्टीको सिफारिसमा शुक्रबार नै पदबाट राजीनामा दिएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ११ : ०५ बजे

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छ : कार्यवाहक गभर्नर पण्डित

काठमाडौं- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा कार्यवाहक गभर्नर किरण

गुणस्तरहीन खाना बेच्ने होटल–रेस्टुरेन्टलाई गृह मन्त्रालयले हदैसम्मको कारबाही गर्ने

काठमाडौं- मुलुकमा सञ्चालित कतिपय होटल तथा रेस्टुरेन्टहरूमा खानाको गुणस्तर र

मौद्रिक नीतिले ब्याजदरभन्दा संरचनात्मक सुधारमा जोड दिनुपर्छ : बैंकिङ विज्ञ भट्टराई

काठमाडौं– बैंकिङ प्रणालीमा पर्याप्त तरलता, न्यून ब्याजदर र ऋण प्रवाह

वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि वीर अस्पताल