३ सय २५ करोडमा बिक्यो ‘आरआरआर’ « Khabarhub

३ सय २५ करोडमा बिक्यो ‘आरआरआर’


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– फिल्म ‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौलीको प्रतिक्षित फिल्म ‘आरआरआर’ लाई बलिउडकै ठूलो बजेटको फिल्म मानिएको छ । राम चरण, जूनियर एनटीआर, अजय देवगन र आलिया भट्ट अभिनित फिल्मलाई लिएर दर्शकमा कौतुहलता तिब्र छ ।

बलिउड लाइफका अनुसार भारतीय फिल्म निर्माता र वितरकले यो फिल्मको डिजिटल, सेटलाइट र इलेक्ट्रोनिक राइट्स महंगो मूल्यमा किनेका छन् । जसमा हिन्दी भर्सनको थिएट्रिकल रिलिजको अधिकारको मूल्य नै १ सय ४० करोड रुपैंयाँ छ । डिजिटल, सेटलाइट र इलेक्ट्रिोनिक राइट्स गरी फिल्म ४ सय २५ करोडमा फाइनल गरिएको छ ।

फिल्मको पोस्ट रिलिज सेटलाइट र डिजिटललाई जी ग्रुपले महंगो मूल्यमा किनेको छ । निर्माताले ‘आरआरआर’ रिलिज पछिको सेटलाइट र डिजिटल राइट जी ग्रुपलाई ३ सय २५ करोडमा बिक्री गरेको हो ।

बलिउडमा कुनै पनि फिल्म रिलिज पछि सर्वाधिक रकममा यसको सेटलाइट र डिजिटल अधिकार बेचिएको सम्भवत यो नै पहिलो फिल्म हो । योसँगै जी ग्रुपले सबै भाषाको डिजिटल र सेटलाइट अधिकार आफूले लिएको छ ।

फिल्म यो वर्षको दशहरामा रिलिज गर्ने भनिएपनि कोभिड संक्रमणलाई ध्यानमा राख्दै आगामी वर्षको संक्रान्तिमा रिलिज हुनेछ ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ११ : ४५ बजे

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी