३ सय २५ करोडमा बिक्यो ‘आरआरआर’ | Khabarhub Khabarhub

३ सय २५ करोडमा बिक्यो ‘आरआरआर’


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– फिल्म ‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौलीको प्रतिक्षित फिल्म ‘आरआरआर’ लाई बलिउडकै ठूलो बजेटको फिल्म मानिएको छ । राम चरण, जूनियर एनटीआर, अजय देवगन र आलिया भट्ट अभिनित फिल्मलाई लिएर दर्शकमा कौतुहलता तिब्र छ ।

बलिउड लाइफका अनुसार भारतीय फिल्म निर्माता र वितरकले यो फिल्मको डिजिटल, सेटलाइट र इलेक्ट्रोनिक राइट्स महंगो मूल्यमा किनेका छन् । जसमा हिन्दी भर्सनको थिएट्रिकल रिलिजको अधिकारको मूल्य नै १ सय ४० करोड रुपैंयाँ छ । डिजिटल, सेटलाइट र इलेक्ट्रिोनिक राइट्स गरी फिल्म ४ सय २५ करोडमा फाइनल गरिएको छ ।

फिल्मको पोस्ट रिलिज सेटलाइट र डिजिटललाई जी ग्रुपले महंगो मूल्यमा किनेको छ । निर्माताले ‘आरआरआर’ रिलिज पछिको सेटलाइट र डिजिटल राइट जी ग्रुपलाई ३ सय २५ करोडमा बिक्री गरेको हो ।

बलिउडमा कुनै पनि फिल्म रिलिज पछि सर्वाधिक रकममा यसको सेटलाइट र डिजिटल अधिकार बेचिएको सम्भवत यो नै पहिलो फिल्म हो । योसँगै जी ग्रुपले सबै भाषाको डिजिटल र सेटलाइट अधिकार आफूले लिएको छ ।

फिल्म यो वर्षको दशहरामा रिलिज गर्ने भनिएपनि कोभिड संक्रमणलाई ध्यानमा राख्दै आगामी वर्षको संक्रान्तिमा रिलिज हुनेछ ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ११ : ४५ बजे

सडकको हिउँ पन्छाएर पदयात्रीलाई सहजीकरण गर्दै सशस्त्र प्रहरी

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले मनाङ, मुस्ताङलगायत हिमाली जिल्लामा गएरातिदेखिको

संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने आखेटोपहारसहित दुई जना पक्राउ

काठमाडौं– गोकर्णेश्वर नगरपालिका-१ रूप्सेटारबाट करिब ५ सय ६८ ग्राम तौल बराबरको

करीव १,४०० अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता

काबुल– कुल एक हजार ३८२ अफगान शरणार्थी परिवारका सात हजार

सिजनमै आएनन् पर्यटक, ‘होमस्टे’ रित्तै

कञ्चनपुर– भीमदत्त नगरपालिका–१४ स्थित नयाँगाउँका पर्शुराम राना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी

जुम्ला– सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गतका पाँचवटा रुग्ण अवस्थाका