म्यूजिकल प्लेमा ‘डिस्को डान्सर’ « Khabarhub

म्यूजिकल प्लेमा ‘डिस्को डान्सर’


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– सन् १९८२ को सुपरहिट फिल्म ‘डिस्को डान्सर’को सफलतामा फिल्मको कथा र नृत्यको जति योगदान थियो, त्यति नै योगदान फिल्मको सुपरहिट हिटको पनि थियो ।

फिल्मको गीत ‘जिमी–जिमी’लाई आज पनि विश्वभर उत्तिकै रुचाइन्छ । यो फिल्म अब एक म्यूजिकल प्लेका रुपमा दर्शकमाझ आउनेभएको छ ।

आजतकका अनुसार प्रख्यात संगीतकार सलीम सुलेमान र गीतकार इरफान सिद्दीकीले फिल्मको राइट्स किनेका छन् ।

‘सन् २०१५ मा हामीले भारतमा पहिलो म्यूजिकल प्ले बनाएका थियौं । जुन अन्तर्राष्ट्रिय दर्शकका लागि थियो । त्यसपछि हामीले ‘मुगल ए आजम र ‘उमराव जान’को म्यूजिकल बनायौं । यसको सफलता पछि हामीले ‘सारेगामा’सँगै ‘डिस्को डान्सर’को पनि योजना बनाएर दर्शकमाझ ल्याउने तयारीमा थियौं । तर कोभिड महामारीले सबै तयारी अपुरो रह्यो’, सलीमले भनेका छन् ।

गीतको ओरिजिनल भर्सनमा बप्पी लहिरीको संगीत छ । गीतमा अभिनेता मिथुन चक्रवर्ती फिचर्ड छन् । फिल्मका निर्माता तथा निर्देशक बी सुभाष हुन् ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  २ : २० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी