विवाहबाट फैलिएको कोरोनाले आमाछोराको मृत्यु « Khabarhub

विवाहबाट फैलिएको कोरोनाले आमाछोराको मृत्यु

बेहुलाको मृत्यु, बेहुलीको उपचार हुँदै



झापा– ३ साता अघि भएको विवाहपछि कोरोना संक्रमित भएका झापाका एक नवदुलाहाको मृत्यु भएको छ ।

गौरादह ४ का ३० वर्षीय नवदुलाहाको उपचारका क्रममा शुक्रबार राति विराटनगरमा मृत्यु भएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख पर्शुराम भट्टराईले जानकारी दिए ।

बैशाख १५ गते उनको विवाह भएको थियो भने विवाह पछि परिवारका अधिकांश सदस्यमा संक्रमण देखिएको थियो । संक्रमण पछि उपचारकै क्रममा गत वैशाख २३ गते दुलाहाकी आमाको मृत्यु भएको थियो ।

नवदुलहीको समेत हाल विराटनगरमा उपचार भईरहेको नगरपालिकाले जनाएको छ ।

साता भित्रै बाबु छोरोको मृत्यु
झापाको हल्दिबारीमा एकसाता भित्रै बाबु छोराको मृत्यु भएको छ । कोरोना संक्रमित हल्दिबारी १ का ३० वर्षीय पुरुषको शनिबार बिहान विर्तामोड स्थित अस्पतालमा मृत्यु भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिएका छन् ।

उनका बुवाको गत बैशाख ३० गते निधन भएको थियो । बुवामा कोरोनाको लक्षण देखिएको भए पनि पुष्टि भएको थिएन । तर परिवारका बाँकी सबै सदस्यमा संक्रमण देखिएको जनाईएको छ ।

वडाध्यक्षको निधन
कोरोना संक्रमित भएका झापाको मेचीनगर ७ का वडाध्यक्ष चन्दन मेचेको निधन भएको छ ।

उपचारकै क्रममा विर्तामोडस्थित विर्तासिटी अस्पतालको उनको मृत्यु भएको नगरपालिकाले जनाएको छ । उनलाई गत वैशाख २८ गते संक्रमण पुष्टि भएको थियो भने ५ दिन भेन्टिलेटरमा राखेर समेत उपचार भएको थियो । उनी मेचे समुदायका अगुवा पनि हुन् ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  २ : ३५ बजे

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर

रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार

काठमाडौं– रसुवाको आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ

गगनसँग भेटेर शेखरले भने : देश र लोकतन्त्र अप्ठ्यारोमा छ, कांग्रेस मिल्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी सभापति

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू)

केरूङ (चीन)- नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत)