विवाहबाट फैलिएको कोरोनाले आमाछोराको मृत्यु | Khabarhub Khabarhub

विवाहबाट फैलिएको कोरोनाले आमाछोराको मृत्यु

बेहुलाको मृत्यु, बेहुलीको उपचार हुँदै



झापा– ३ साता अघि भएको विवाहपछि कोरोना संक्रमित भएका झापाका एक नवदुलाहाको मृत्यु भएको छ ।

गौरादह ४ का ३० वर्षीय नवदुलाहाको उपचारका क्रममा शुक्रबार राति विराटनगरमा मृत्यु भएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख पर्शुराम भट्टराईले जानकारी दिए ।

बैशाख १५ गते उनको विवाह भएको थियो भने विवाह पछि परिवारका अधिकांश सदस्यमा संक्रमण देखिएको थियो । संक्रमण पछि उपचारकै क्रममा गत वैशाख २३ गते दुलाहाकी आमाको मृत्यु भएको थियो ।

नवदुलहीको समेत हाल विराटनगरमा उपचार भईरहेको नगरपालिकाले जनाएको छ ।

साता भित्रै बाबु छोरोको मृत्यु
झापाको हल्दिबारीमा एकसाता भित्रै बाबु छोराको मृत्यु भएको छ । कोरोना संक्रमित हल्दिबारी १ का ३० वर्षीय पुरुषको शनिबार बिहान विर्तामोड स्थित अस्पतालमा मृत्यु भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिएका छन् ।

उनका बुवाको गत बैशाख ३० गते निधन भएको थियो । बुवामा कोरोनाको लक्षण देखिएको भए पनि पुष्टि भएको थिएन । तर परिवारका बाँकी सबै सदस्यमा संक्रमण देखिएको जनाईएको छ ।

वडाध्यक्षको निधन
कोरोना संक्रमित भएका झापाको मेचीनगर ७ का वडाध्यक्ष चन्दन मेचेको निधन भएको छ ।

उपचारकै क्रममा विर्तामोडस्थित विर्तासिटी अस्पतालको उनको मृत्यु भएको नगरपालिकाले जनाएको छ । उनलाई गत वैशाख २८ गते संक्रमण पुष्टि भएको थियो भने ५ दिन भेन्टिलेटरमा राखेर समेत उपचार भएको थियो । उनी मेचे समुदायका अगुवा पनि हुन् ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  २ : ३५ बजे

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार