संसद विघटनविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने विपक्षी गठबन्धनको निर्णय « Khabarhub

संसद विघटनविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने विपक्षी गठबन्धनको निर्णय



काठमाडौँ– विपक्षी गठबन्धनले प्रधानमन्त्री र राष्ट्रपतिको संसद विघटनको कदमबाट मुलुक नयाँ राजनीतिक ध्रुवीकरण र जटिलतातर्फ धकेलिएको निष्कर्ष निकालेको छ।

संसद भवन नयाँ बानेश्वरमा बसेको गठबन्धनका नेताको संयुक्त बैठकले असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्ध एक भई प्रतिवाद गर्ने निर्णय गरेको छ ।

विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको हो ।

बैठकपछि जारी संयुक्त वक्तव्यमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्।

बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने,‘हामी सबै पार्टीहरु जो यो सरकार बनाउने प्रक्रियामा छौँ । हामीले वक्तव्य जारी गरिसकेका छौँ ।

प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक र अलोतान्त्रिक मात्रै होइन, निरंकुश र प्रतिगमनकारी छ । यसको सशक्त प्रतिवाद गरिनेछ भनेर हामीले वक्तव्यमा भनिसकेका छौँ । हामी प्रतिवाद राजनीतिक र कानूनी रुपले गछौँ ।’

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सबै सांसदहरुले अर्को हस्ताक्षर संकलन गरेर सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय गरेको समेत उनले जानकारी दिए ।

उनले भने,‘१ सय ४९ जना हस्ताक्षर गरेर दाबी प्रस्तुत गरेका र त्योभन्दा बढि पनि हस्ताक्षर संकलन गरेर सर्वोच्चमा जान्छौँ । बहुमत सांसदको हस्ताक्षरसहित रिट निवेदनमा गइसकेपछि लोकतन्त्र, संविधानको पक्षमा र निरंकुशताको विरुद्धमा अदालतले फैसला गर्नेछ भन्ने हाम्रो विश्वास छ ।’

मध्यरातमा अपारदर्शी र निरंकुश तरिकाले संसद विगठनको प्रतिवाद पनि यसअघिको संसद विगठनको विरुद्धमा गरिएको जस्तो हुने अध्यक्ष प्रचण्डले बताए । उनले भने, ‘कोरोनाको महामारीका बेलामा सबै शक्ति मिलेर सामना गर्नुपर्ने समयमा प्रधानमन्त्री र राष्ट्रपतिले जसरी षड्यन्त्रमुलक तरिकारले देशलाई जसरी दुर्घटनातर्फ लैजानुभएको छ । त्यसको प्रतिवाद हुनेछ । अदालतमा सशक्त बहश हुनेछ ।’

सरकारले घोषणा गरेको चुनाव गर्नका लागि नभएको र संविधानसम्मत रुपमा नहुने चुनावको कुनै पनि अर्थ नरहेको उनले बताए । उनले विपक्षी गठबन्धन चुनावमा सहभागी हुने वा नहुने भन्ने निर्णय भने अहिले नभइसकेको बताए ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  २ : ४६ बजे

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति