प्रतिनिधिसभा विघटन संविधान र सर्वोच्चको फैसलाविपरीत : सभामुख सापकोटा « Khabarhub

प्रतिनिधिसभा विघटन संविधान र सर्वोच्चको फैसलाविपरीत : सभामुख सापकोटा


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्नि सापकोटाले वैकल्पिक सरकार गठन हुनसक्ने अवस्था रहेकै बेला संसद विघटन गर्नु असंवैधानिक रहेको टिप्पणी गरेका छन् ।

सरकारले प्रतिनिधिसभा विघटन गरेपछि दिनभर कानूनविद्हरुसँग परामर्श गरेका सभामुख सापकोटाले विज्ञप्ति जारी गर्दै संसद विघटन असंवैधानिक भएको टिप्पणी गरेका हुन् । प्रतिनिधिसभा विघटन भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सभामुख सापकोटाले विघटन यसअघिको सर्वोच्चको फैसलाको समेत विपरित रहेको बताएका छन् ।

सभामुख सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदा रहँदै सार्वभौम प्रतिनिधिसभा विघटनको निष्कर्षमा पुग्नु कदापि स्वाभाविक र संवैधानिक कदम मान्न सकिने अवस्था रहँदैन ।’

सभामुख सापकोटाले राष्ट्रपति कार्यालयले जेठ ७ गते जारी गरेको विज्ञप्ति नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन २०७३ र प्रतिनिधिसभा नियमावली २०७५ ले गरेको व्यवस्थासँग मेल नखाएको भन्दै शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्त विपरित भएको बताएका छन् ।

उनले कोरोना महामारीको अवस्था भयावह रहेका बेला सरकारको प्राथमिकता नागरिकको स्वास्थ्य हुनुपर्नेमा त्यसो हुन नसकेर राजनीतिक संकटले स्वास्थ्य संकट थप बढ्न सक्ने चिन्तासमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ६ : ५५ बजे

बाढीपहिरोबाट पृथ्वी राजमार्गसहित मुख्यसडक अवरुद्ध

काठमाडौं– बाढी पहिरोले देशका विभिन्न राष्ट्रिय राजमार्ग र मुख्यसडक अवरुद्ध

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।