मेलम्चीको बाढीले खण्डहर भए सात वटा विद्यालय | Khabarhub Khabarhub

मेलम्चीको बाढीले खण्डहर भए सात वटा विद्यालय


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सात वटा विद्यालयमा क्षति पुर्‍याएको छ ।

‘जिल्ला शिक्षा विकास तथा समन्वय इकाई’ का प्रमुख कृष्ण सुवेदीका अनुसार गत जेठ ३१ गतेदेखि असार ४ गतेसम्मको अविरल वर्षाका कारण बाढी आउँदा उक्त क्षेत्रका चार वटा सामुदायिक र तीन वटा संस्थागत विद्यालयमा आंशिक तथा पूर्ण क्षति पुगेको छ ।

हेलम्बु गाउँपालिकस्थित सरस्वती माध्यमिक विद्यालय, गोल्मा माध्यमिक विद्यालय, भूमेश्वरी माध्यमिक विद्यालय र मेलम्ची नगरपालिकास्थित तेर्से माध्यमिक विद्यालयमा क्षति पुगेको छ ।

क्षति पुगेका संस्थागत विद्यालयहरुमा हेलम्बु गाउँपालिकास्थित इष्ट पोइन्ट एकेडेमी, मेलम्ची नगरपालिकास्थित समता बोर्डिङ स्कुल र मेलम्ची कम्युनिटी बोर्डिङ स्कुल छन् ।

क्षति पुगेका चार वटा सामुदायिक विद्यालयमध्ये तीन वटा १ देखि १२ कक्षासम्म पढाइ हुने विद्यालय हुन् । गोल्मादेवी मावि प्रारम्भिक बाल विकास कक्षादेखि १० कक्षासम्म पढाइ हुने विद्यालय हो ।

सुवेदीका अनुसार क्षति पुगेका चार वटा सामुदायिक विद्यालयमा १ हजार ६ सय जनाभन्दा बढी विद्यार्थी छन् । मेलम्चीको  तेर्से माध्यमिक विद्यालय र हेलम्बुको इष्ट पोइन्ट एकेडमीमा पूर्ण क्षति पुगेको छ । अन्य विद्यालयहरुमा आंशिक क्षति पुगेको छ र थप क्षतिको जोखिममा छन् । तेर्से माध्यमिक विद्यालयका दुई वटा भवन बाढीले बगाएको सुवेदीले बताए ।

बाढीले विभिन्न सडक खण्डका पुलहरु भत्काएका कारण क्षति पुगेका विद्यालयसम्म जान नसकेकाले कति आर्थिक क्षति भयो भन्ने एकिन तथ्यांक निकाल्न नसकेको पनि सुवेदीले बताए ।

बाँकी संरचना बचाउने प्रयास

मेलम्ची नगरपालिका–६, तालामाराङस्थित तेर्से माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण ढुङ्गानाले जेठ ३ गतेको बाढीले  विद्यालयका चार वटा कक्षा कोठा, दुई कोठे शौचालय र एउटा स्टोर कक्ष बगाएको बताए । विद्यालयका बाँकी भवन पनि उच्च जोखिममा छन् ।

बाढीको जोखिमा रहेका भवनका सामग्री सुरक्षित स्थानमा लैजाने काम भइरहेको उनले जानकारी दिए । कक्षा १ देखि ४ सम्मका सबै कक्षा कोठा बाढीले बगाएको छ । बाँकी भौतिक संरचना बचाउने प्रयासमा जुटेको उनले बताए ।

विद्यालयमा प्रारम्भिक बाल विकास कक्षादेखि १२ कक्षासम्ममा ५५१ जना विद्यार्थी रहेको ढुङ्गानाले बताए ।

स्कुल बगर भयो 

इष्ट पोइन्ट बोर्डिङ स्कुलका प्रिन्सिपल दामोदर भारतीले बाढीले स्कुलका सबै संरचना बगाउँदा बगर र स्कुल छुट्याउन मुस्किल भएको बताए । उनले भने, ‘स्कुलको कुनै पनि संरचना बाँकी छैन, सबै बगर भएको छ ।’

अठार कोठाको एउटा र ६ कोठाको अर्को गरी दुई वटा भवन तथा त्यसमा भएका सबै शैक्षिक सामग्री बाढीले बगाएको उनले बताए । एउटा सभा कक्ष र दुई कोठा भएको अर्को भवन पनि बाढीले बगायो । छात्रछात्राका लागि निर्मित १०–१० कोठाको शौचालय पनि बग्यो ।

भारतीका अनुसार १० कोठाको अस्थायी भवनको आधा भाग पनि बाढीले बगाएको छ । जोखिम लिएर केही कागजपत्र निकाल्न सकेको उनले बताए ।

स्कुलमा ३० जना शिक्षक कर्मचारी र ५५० विद्यार्थी रहेको पनि भारतीले बताए । अन्य दुई सामुदायिक विद्यालयमा पाँच सयभन्दा बढी विद्यार्थी छन् । सामुदायिक र संस्थागतका गरी करिब २ हजार ६ सय विद्यार्थी अलपत्र परेका छन् । अब भौतिकरूपमा विद्यालयमा पढाइ शुरू हुँदा उनीहरूका लागि कस्तो प्रबन्ध होला !

 

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ९ : १५ बजे

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं– नेपाल र वेष्ट इन्डिज ‘ए’ बीच पाँच खेलको शृंखला

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा ४६

वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिलो इनिङमा नेपालले फिल्डिङ गर्ने

काठमाडौं – वेस्ट इन्डिज ‘ए’विरुद्ध पाँचौं तथा अन्तिम खेलको पहिलो इनिङमा

युद्धविराम वार्ता गर्न हमासका प्रतिनिधि कायरो जाने

एजेन्सी – गाजापट्टीमा सक्रिय प्यालेस्टाइनी हमास समूहले इजरायलसँग युद्धविरामसम्बन्धी वार्ता

उद्यमशीलताको विकासबिना मुलुक समृद्ध बन्दैन : उद्योगमन्त्री

अछाम– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरूले उत्पादन