मन्त्रिपरिषद विस्तारविरुद्धको रिटमा सुनुवाइ शुरु « Khabarhub

मन्त्रिपरिषद विस्तारविरुद्धको रिटमा सुनुवाइ शुरु


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मन्त्रिपरिषद् विस्तारविरूद्ध सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाइ शुरु भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितका कानून व्यवसायीले दायर गरेको रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश कुमारप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ शुरु भएको छ । सुनुवाइको पहिलो क्रममा रिट निवेदक त्रिपाठीले बहस गरिसकेका छन् । वरिष्ठ अधिवक्ता त्रिपाठीले दिएको जानकारीअनुसार अहिले सरकारी वकिलका तर्फबाट बहस भइरहेको छ ।

राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई विपक्षी बनाउँदै मन्त्रिपरिषद् विस्तारविरुद्ध दायर भएका ६ वटा रिटको न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले गत जेठ २५ गते विपक्षीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्नाको कारण १५ दिनभित्र बुझाउन आदेश दिएको थियो ।

छलफलपछि सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय दुई पटकसम्म गरेको मन्त्रिपरिषद पुनर्गठन रद्द हुने छ । रिटमा कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक हुने भएकाले अन्तरिम आदेशमार्फत बदर गर्न माग गरिएको छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  १२ : ३१ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन