ललितपुरमा ७७ वर्ष माथिका वृद्धवृद्धालाई भोलिदेखि कोभिशिल्डको दोस्रो डोज दिइने « Khabarhub

ललितपुरमा ७७ वर्ष माथिका वृद्धवृद्धालाई भोलिदेखि कोभिशिल्डको दोस्रो डोज दिइने


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुर महानगरपालिकाले भोलिदेखि ७७ वर्ष माथिकालाई कोरोना भाइरस विरुद्धको कोभिशिल्डको दोस्रो डोज खोप दिने भएको छ ।

महानगरभित्र रहेको ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भोलिदेखि असार ९ गतेदेखि खोप दिन लागेको महानगरले जनाएको छ ।

महानगरीय खोप समन्वय समितिको सोमबार बसेको बैठकले कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाउने निर्णय गरेको हो ।

यसका लागि जिल्ला स्वास्थ्य कार्यालयवाट पटक पटक गरी कोभिशिल्ड दोस्रो डोजका लागि हाल सम्म २५ सय खोप प्राप्त गरेको छ ।

हाल प्राप्त भएको खोप अत्यन्त न्यून भएकोले प्राप्त खोपका आधारमा वडावाट सिफारिस भई आएका व्यक्तिहरु मध्येवाट ७७ वर्ष भन्दा माथिको ज्येष्ठ नागरिकले मात्रै खोप पाउने महानगरले जनाएको छ ।

महानगरले ७७ वर्ष भन्दामाथिको २ हजार २ सय २० जनालाई कोभिशिल्डको खोप लगाउन लागेको हो ।

साथै जनप्रतिनिधी, कर्मचारी तथा स्वास्थ्य स्वयंसेवकहरु समेतलाई गरी जम्मा २५०० खोप लगाउन लगाउन लागिएको महानगरकाे प्रमुख प्रशासकिय अधिकृत गणेश अर्याले बताए ।

बुधबार विहान १० बजे देखि दिउंसो ४ बजे सम्म खोप कार्यक्रम सन्चालन हुनेछ ।

महानगरले खोप लगाउन ८ वटा केन्द्र तोकेको छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ३ : ०८ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन