६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप दिन सर्वोच्चको अन्तरिम आदेश | Khabarhub Khabarhub

६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप दिन सर्वोच्चको अन्तरिम आदेश


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई कोरोनाविरुद्धको दोस्रो डोज खोप तत्काल लगाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत फागुनमा कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई यथाशीघ्र खोपको दोस्रो डोजको व्यवस्था गर्न सरकारको नाममा आदेश जारी गरेको हो ।

काभ्रेका ७५ वर्षीय अर्जुनराज गिरी र सुर्खेतका ६५ वर्षीय पूर्णप्रसाद पौडेलले खोपको माग गर्दै सोमबार रिट दायर गरेका थिए ।

२०७७ फागुनमा पहिलो डोज खोप लगाएका उनीहरुले चार महिना वितिसक्दासमेत दोस्रो डोज नपाएपछि सर्वोच्चमा रिट हालेका हुन् । पहिलो डोज खोप लगाएको १५ हप्ता पुगिसक्दासमेत दोस्रो डोज नपाएको उनीहरुको रिटमा भनिएको थियो । आफूहरु जस्तै करिब १३ लाखभन्दा बढी ज्येष्ठ नागरिकले कोभिसिल्ड खोपको पहिलो डोज लगाएको तर दोस्रो डोज नपाएको रिटमा उल्लेख गरिएको छ ।

सरकारले फागुन २३ देखि पहिलो डोज कोभिशिल्ड खोप लगाएका (६५–७५ वर्ष सम्मका ज्येष्ठ नागरिक करिब साँढे १३ लाख) लाई २०७८ साल जेठ १५ भित्र दोस्रो डोज लगाइ सक्नुपर्ने भनेकोमा उपलव्ध हुन नसकेको रिटमा उल्लेख छ ।

भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप खरिदका लागि नेपाल सरकारले सम्झौता गरेको महिनौँ बित्दा पनि थप खोप उपलब्ध नहुँदा पहिलो डोज खोप लगाएका ज्येष्ठ नागरिकले दोस्रो डोज खोप पाएका छैनन् ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ४ : ०२ बजे

‘सङ्घीय सरकारद्वारा विकास बजेट रोकिँदा समस्या भएको छ’

अर्घाखाँची- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीय सरकारद्वारा विकास बजेट

चुनावको तयारी र संसद् पुनःस्थापनाको मुद्दा सँगसँगै : उपमहासचिव ज्ञवाली

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव

लेक लागेर भरियाको मृत्यु

मनाङ– मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने

असोजमा अन्नपूर्ण क्षेत्रमा भित्रिए ३० हजार पर्यटक

गण्डकी– गत असोजमा ३० हजार ५४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको

विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ

काठमाडौं– लागूऔषध गाँजा जस्तो देखिने वस्तुसहित तीन भारतीयलाई प्रहरीले पक्राउ