रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन् « Khabarhub

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी cको जगमा दुईतिहाइ बहुमतमा पुगेको बताएका छन् ।

प्रदेश तथा जिल्ला अध्यक्षहरूसँग भएको भर्चुअल जुम बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘लोकप्रियतावाद र अराजकतावादको जगमा नयाँ शक्ति उदाएका छन्’, रास्वपालाई संकेत गर्दै उनले भने, ‘रास्वपाभित्र लोकप्रियतावादी र अवसरवादीहरूको गठजोड रहेको छ । त्यस्ता शक्तिहरूसँग राष्ट्र र राष्ट्रियताप्रति स्पष्ट विचार, सिद्धान्त तथा दीर्घकालीन राजनीतिक दृष्टि छैन ।’

उनले यस्ता शक्तिहरू छिटो लोकप्रियता कमाउने र तत्काल परिणाम दिने वाचा गर्दै अघि बढ्ने तर व्यवहारमा नसक्ने अवस्था आउने बताए ।

अध्यक्ष केपी शर्मा ओली र एमालेविरुद्ध नयाँ र पुरानो अनुहार भन्ने नारामा आधारित प्रचार गरेर जनतालाई भ्रमित पारिएको उनले बताए। यस्तो प्रचार शैली डिजिटल माध्यमबाट फैल्याइएको लोकप्रियतावादकै एउटा रूप भएको उनले जिकिर गरे ।

महासचिव पोखरेलले जनमतलाई एमालेले सम्मान गर्ने स्पष्ट गरे । मतदाताले एमालेसँग सम्बन्ध विच्छेद नगरेको दाबी उनले गरे।

हरेक समाज र घरमा एमालेको उपस्थिति रहेको उल्लेख गर्दै पार्टीले अब थप नयाँ ढंगले संगठन निर्माण र परिचालनलाई तीव्र बनाउने उनले बताए ।

पोखरेलले अल्पकालीन लोकप्रियताका आधारमा आएका शक्तिहरूले अपेक्षित परिणाम दिन नसकेपछि अन्ततः जनता स्थिर विचार र संगठित शक्ति भएको एमालेतर्फै फर्किने विश्वास जनाए ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ३ : ४८ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका