६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप दिन सर्वोच्चको अन्तरिम आदेश « Khabarhub

६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप दिन सर्वोच्चको अन्तरिम आदेश


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई कोरोनाविरुद्धको दोस्रो डोज खोप तत्काल लगाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत फागुनमा कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई यथाशीघ्र खोपको दोस्रो डोजको व्यवस्था गर्न सरकारको नाममा आदेश जारी गरेको हो ।

काभ्रेका ७५ वर्षीय अर्जुनराज गिरी र सुर्खेतका ६५ वर्षीय पूर्णप्रसाद पौडेलले खोपको माग गर्दै सोमबार रिट दायर गरेका थिए ।

२०७७ फागुनमा पहिलो डोज खोप लगाएका उनीहरुले चार महिना वितिसक्दासमेत दोस्रो डोज नपाएपछि सर्वोच्चमा रिट हालेका हुन् । पहिलो डोज खोप लगाएको १५ हप्ता पुगिसक्दासमेत दोस्रो डोज नपाएको उनीहरुको रिटमा भनिएको थियो । आफूहरु जस्तै करिब १३ लाखभन्दा बढी ज्येष्ठ नागरिकले कोभिसिल्ड खोपको पहिलो डोज लगाएको तर दोस्रो डोज नपाएको रिटमा उल्लेख गरिएको छ ।

सरकारले फागुन २३ देखि पहिलो डोज कोभिशिल्ड खोप लगाएका (६५–७५ वर्ष सम्मका ज्येष्ठ नागरिक करिब साँढे १३ लाख) लाई २०७८ साल जेठ १५ भित्र दोस्रो डोज लगाइ सक्नुपर्ने भनेकोमा उपलव्ध हुन नसकेको रिटमा उल्लेख छ ।

भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप खरिदका लागि नेपाल सरकारले सम्झौता गरेको महिनौँ बित्दा पनि थप खोप उपलब्ध नहुँदा पहिलो डोज खोप लगाएका ज्येष्ठ नागरिकले दोस्रो डोज खोप पाएका छैनन् ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ४ : ०२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन