अर्थमन्त्री पौडेल उपप्रधानमन्त्री पदमा कायमै ! | Khabarhub Khabarhub

अर्थमन्त्री पौडेल उपप्रधानमन्त्री पदमा कायमै !


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतको आदेशअनुसार अर्थ मन्त्रालयको जिम्मेवारीमा रहेका उपप्रधानमन्त्री विष्णु पौडेलको उपप्रधानमन्त्री पद कायमै रहेको देखिन्छ ।

आदेशको लिखतअनुसार उपप्रधानमन्त्री पौडेल प्रतिनिधिसभा विघटन हुनुभन्दा अघि उपप्रधानमन्त्री पदमा कायम रहेको भन्ने अर्थ लाग्छ । पौडेल गत जेठ २१ गते उपप्रधानमन्त्री पदमा बढुवा भएका हुन् । प्रतिनिधिसभा जेठ ७ गते विघटन भएको हो ।

आदेशमा भनिएको छ ‘…. प्रतिनिधिसभा विघटन हुनुअघिसम्म कायम रहेका उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल तथा मन्त्रीहरू क्रमशः कृष्णगोपाल श्रेष्ठ, वसन्तकुमार नेम्वाङ र लीलानाथ श्रेष्ठबाहेक अन्य बाँकी उपप्रधानमन्त्रीहरू रघुवीर महासेठ, राजेन्द्र महतो एवम् मन्त्रीहरू… लाई निजहरूलाई तोकिएको क्रमशः उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीको पदको कार्य नगर्नू, गर्न नदिनू नदिलाउनु भनी…. अन्तरिम आदेश जारी गरिदिएको छ ।’

रिट निवेदकमध्येका एक दिनेश त्रिपाठीले उपप्रधानमन्त्री पौडेल प्रतिनिधिसभा विघटन भएपछि उपप्रधानमन्त्री पदमा नियुक्त भएकाले उनी मन्त्रीमा मात्र कायम हुने बताए ।

उनले भने, ‘विष्णु पौडेल अर्थमन्त्री रहन्छन्, अदालतले आदेश सच्याउला ।’

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ५ : १६ बजे

भात नै पोखिएपछि माडको के आस ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज