महेश बस्नेतको प्रश्न : प्रचण्डको भविष्यवाणी मिल्नु सेटिङ हो कि सूचना चुहाइयो ? « Khabarhub

महेश बस्नेतको प्रश्न : प्रचण्डको भविष्यवाणी मिल्नु सेटिङ हो कि सूचना चुहाइयो ?


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता महेश बस्नेतले मन्त्रिपरिषद विस्तारसम्बन्धमा सर्वोच्च अदालतले गरेको अन्तरिम आदेशमा सेटिङको शंका गरेका छन् ।

सर्वोच्च अदालतको आदेशबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले हिजै भविष्यवाणी गरेको भन्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन् ।

सर्वोच्चको आदेशपछि फेसबुकमा लेख्दै उनले प्रचण्डको भविष्यवाणी कसरी मिल्यो भनेर प्रश्न उठाएका छन् ।

हिजो धादिङमा कार्यकर्ताबीच प्रचण्डले सर्वोच्चले २१ जना मन्त्रीहरू पदमुक्त गराइदिने सूचना आफूले पाएको भनेर बोलेको समाचार केही मिडियामा आएका थिए ।

उनले लेखेका छन्, ‘यो फैसलापछाडि आमरूपमा के प्रश्न उठेको छ भने, अदालतका फैसलाहरु कि सेटिङमा हुने गर्दछन् कि न्यायालयहरूले सम्भाव्य फैसलाको पूर्वानुमान खास ठाउँमा दिने गर्छन् । कि प्रचण्डको भविष्यवाणी काग कराउनु कुखुरा हराउनु भएको हो । जे भए पनि न्यायालयको बारेमा जे भैरहेको छ ठीक भैरहेको छैन ।’

राजनीति बिग्रँदा अराजकता फैलने भन्दै उनले न्यायालय बिग्रदा जनतामा निराशा प्रकट हुने बताएका छन् ।

‘जे होस अन्तरिम आदेशको अन्तर्य हेर्दा प्रधानमन्त्रीले संसद बिघटन गरेर निर्वाचनको घोषणा गरेकोलाई भने स्वीकार गरेको देखियो,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ६ : ५० बजे

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द

वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले

दक्षिण कोरियामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च

सियोल- दक्षिण कोरियामा अगस्ट महिनामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च भएको छ । सरकारी तथ्यांकअनुसार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका

मन्त्रीहरूलाई सुझाव वर्षमानको सुझाव : शासकीय अहङ्कार नदेखाउनू, जनताले कालोझण्डा देखाइसके

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले शासकीय अहङ्कार नदेखाउन