२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार २०४ जनाको पीसीआर परीक्षणबाट ३ हजार ७०३ र ४ हजार ७०९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जना कोरोना संक्रमित थपिएका हुन् ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३, उदयपुरमा ५, खोटाङमा २,  झापामा १७४, ताप्लेजुङमा २, तेह्रथुम २, धनकुटामा ६, पाँचथर २, भोजपुर १,  मोरङमा ७०, संखुवासभामा २, सोलुखुम्बुमा ४, र सुनसरी ९६ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा १३, पर्सामा २,  बारामा १०, महोत्तरीमा ७, रौतहटमा २, सप्तरीमा ७, सर्लाहीमा ४ र सिरहामा ६ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ३१० जनामा कोरोना भेटिएको छ। काभ्रेमा ४५, चितवनमा ९०, दोलखामा ३, धादिङमा ८६, नुवाकोटमा ६७, भक्तपुरमा ६७, मकवानपुरमा ८८,  रामेछापमा १, ललितपुरमा ९९, सिन्धुपाल्चोकमा ९ र सिन्धुलीमा ८ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ६५, गोरखामा ३, तनहुँमा ७, नवलपरासी पूर्वमा ४१, पर्वत १५०, म्यागदीमा १४८,  लमजुङमा ३, बागलुङमा ६६ र स्याङजामा ३ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १०, कपिलवस्तुमा २, गुल्मीमा ४६, दाङमा २१, नवलपरासीमा ७, पाल्पामा ११, प्युठानमा १, बर्दियाका ४१, बाँकेमा १९ , रुकुम पूर्वमा १, रोल्पामा २ र रुपन्देहीमा २८ जना छन्।

यस्तै, कर्णाली प्रदेशको  जुम्लामा १२, दैलेखमा ९, रुकुम पश्चिम ११, सल्यानमा २ र  सुर्खेतमा ४ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा ६, कैलालीमा २६, डडेल्धुरामा २, डोटीमा ३, बझाङमा १ र बैतडीमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ६ : ३८ बजे

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर

सुकुम्वासी परिवारको डिजिटल लगत बनाउँदै सरकार, बैंकमा सहायता रकम हाल्दिने तयारी

काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा