२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार २०४ जनाको पीसीआर परीक्षणबाट ३ हजार ७०३ र ४ हजार ७०९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जना कोरोना संक्रमित थपिएका हुन् ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३, उदयपुरमा ५, खोटाङमा २,  झापामा १७४, ताप्लेजुङमा २, तेह्रथुम २, धनकुटामा ६, पाँचथर २, भोजपुर १,  मोरङमा ७०, संखुवासभामा २, सोलुखुम्बुमा ४, र सुनसरी ९६ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा १३, पर्सामा २,  बारामा १०, महोत्तरीमा ७, रौतहटमा २, सप्तरीमा ७, सर्लाहीमा ४ र सिरहामा ६ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ३१० जनामा कोरोना भेटिएको छ। काभ्रेमा ४५, चितवनमा ९०, दोलखामा ३, धादिङमा ८६, नुवाकोटमा ६७, भक्तपुरमा ६७, मकवानपुरमा ८८,  रामेछापमा १, ललितपुरमा ९९, सिन्धुपाल्चोकमा ९ र सिन्धुलीमा ८ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ६५, गोरखामा ३, तनहुँमा ७, नवलपरासी पूर्वमा ४१, पर्वत १५०, म्यागदीमा १४८,  लमजुङमा ३, बागलुङमा ६६ र स्याङजामा ३ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १०, कपिलवस्तुमा २, गुल्मीमा ४६, दाङमा २१, नवलपरासीमा ७, पाल्पामा ११, प्युठानमा १, बर्दियाका ४१, बाँकेमा १९ , रुकुम पूर्वमा १, रोल्पामा २ र रुपन्देहीमा २८ जना छन्।

यस्तै, कर्णाली प्रदेशको  जुम्लामा १२, दैलेखमा ९, रुकुम पश्चिम ११, सल्यानमा २ र  सुर्खेतमा ४ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा ६, कैलालीमा २६, डडेल्धुरामा २, डोटीमा ३, बझाङमा १ र बैतडीमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ६ : ३८ बजे

जलिसकेको देउवाको घरमा सर्वसाधारण, केही भेटाउने आशमा खरानी पन्छाउँदै (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनमा आगजनी गरिएको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री

जेन-जीलाई रास्वपा सांसद खनालको आग्रह : निषेधको राजनीतिको भ्रममा नपरौँ

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य शिशिर खनालले

अन्तरिम सरकारको नेतृत्व दिने भए तयार छु : महावीर पुन 

काठमाडौं– राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनले आफूलाई अन्तरिम सरकारको नेतृत्व

राष्ट्रपतिको निजी निवास बिहीबार यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आन्दोलनकारीहरूले आगजनी गरेपछि घरभित्र