सुनको आयात तथा खरिद–बिक्री सुचारु गर्न सुनचाँदी महासंघको माग « Khabarhub

सुनको आयात तथा खरिद–बिक्री सुचारु गर्न सुनचाँदी महासंघको माग


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनको आयात तथा खरिद–बिक्री सुचारु गर्न माग गरेको छ । सुनचाँदी रत्न तथा आभूषण व्यवसाय सुचारु भएको वर्तमान अवस्थामा बैंकबाट खरिद–बिक्री हुने सुनको आपूर्तिलाई पनि पुनः सुचारु गर्नुपर्ने महासंघको माग छ ।

महासंघले सोको लागि सम्बन्धित निकायमा निर्देशन हुनका साथै साविकमा दैनिक २० के.जी. सुन खरिद–बिक्री हुँदै आएकोमा लामो समय पश्चात बजार खुलेको र निकट भविष्यमा नै प्रमुख चाड–पर्वहरुको समय पनि आउने भएकोले विगतमा खरिद–बिक्री नभएको सुनको परिमाण समेतलाई मनन् गर्दै दैनिक ३० के.जी. सुन खरिद–बिक्रीको अविलम्ब व्यवस्था गर्न नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरेको हो ।

कोभिड–१९ को महामारी नियन्त्रणका लागि बैशाख १६ गते देखि निषेधाज्ञा घोषणा गरिए पश्चात व्यापार, व्यवसाय लगायतका क्षेत्रहरु बन्द भएकोले वाणिज्य बैंकहरुले खरिद–बिक्री गर्ने सुनको आपूर्ति पनि बन्द भएको थियो ।

असार ८ गतेदेखि विभिन्न वस्तु र सेवालाई विभिन्न श्रेणीमा वर्गिकरण गरी दैनिक तालिका अन्तर्गत तोकिएको बार र समयमा व्यापार, व्यवसाय चालू गरिएकोले सोही तालिका अनुरुप सुन, चाँदी गहना आदि आभूषण क्षेत्र पनि चालू भएपछि महासंघले सो माग गरेको हो ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ९ : ३० बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न