‘किल बिल’को बलिउड रिमेकमा कृति | Khabarhub Khabarhub

‘किल बिल’को बलिउड रिमेकमा कृति


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेत्री कृति सेननलाई हलिउड ब्लकबस्टर फिल्म ‘किल बिल’को हिन्दी रिमेकमा अभिनय गर्न प्रस्ताव गरिएको छ । सन् २००३ मा रिलिज यो फिल्म एक्सन ड्रामा फ्लेभरको थियो ।

फिल्मको हलिउड संस्करणको निर्देशन क्वेंटिन टैरेंटिनोले गरेका थिए । यो मार्सल आर्टस्मा आधारित फिल्म थियो । फिल्ममा उमा थुर्मनले प्रमुख भूमिका निभाएकी थिइन् ।

हिन्दी भर्सनको निर्देशन अनुराग कश्यपले गर्दैछन् । हलिउड फिल्मको हिन्दी रिमेकका लागि निर्माता निखिल द्विवेदीले केही वर्ष अघि नै अधिकार आफ्नो पक्षमा लिएका थिए ।

फिल्म निर्माणको लागि तयारी सुरु भइसकेको छ । फिल्मको स्क्रिप्ट तयार भइसकेकाले उनीहरुले कृतिलाई अभिनयको प्रस्ताव गरेका छन् ।

फिल्मले एक यस्तो महिलाको कथा भन्नेछ, जसले आफ्नो बदलाका लागि मानिसहरुलाई क्रुर तरिकाले मार्छिन् ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ८ : ४९ बजे

नगरकोट प्रहरी प्रभागको नयाँ भवन सञ्चालनमा

काठमाडौं– प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन सञ्चालनमा आएको छ ।

बैतडीमा १८ जनामा डेङ्गी सङ्क्रमण

बैतडी– बैतडीमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो तीन

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक १२ गते बुधबार ।

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल कात्तिक १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १२ गते बुधबार। कात्तिक