मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔँ : नेता नेपाल « Khabarhub

मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔँ : नेता नेपाल


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले नेता माधवकुमार नेपालले मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाउनुपर्ने बताएका छन् ।

उनले मंगलबार सामाजिक सञ्जालमार्फत् गलत बाटो अंगाल्दाको परिणाम सिंगो देशसहित पार्टी र जनताले भोग्दै गरेको बताउँदै मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाउनुपर्ने बताएका हुन् ।

“संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो । जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी नेकपा बनेको थियो । तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा(एमाले) लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देशसहित पार्टी र जनताले भोग्दैछन्,” उनले भनेका छन् ।

सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक-पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तव्यमा नपुर्‍याउने बताउँदै उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन आग्रह पनि गरेका छन् ।

“हामीले गलत कार्यको खबरदारी गर्दै आएका थियौँ र छौँ । एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौं साथै नेपाल राष्ट्रको गरिमा उँचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौँ । मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔँ,” उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ९ : २५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन