कांग्रेसको क्रियाशील सदस्य विवाद : जनकपुरमा अनसन शुरु « Khabarhub

कांग्रेसको क्रियाशील सदस्य विवाद : जनकपुरमा अनसन शुरु


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाली कांग्रेसको क्रियाशील सदस्य वितरणमा धाँधली भएको भन्दै जनकपुरका कांग्रेस नेता कार्यकर्ता आन्दोलनमा उत्रिएका छन् ।

प्रक्रिया विपरीत सदस्यता वितरण भएको आरोप लगाउँदै बुधबारदेखि जनकपुरधामस्थित पार्टी कार्यालयमा नेता एवं कार्यकर्ताले रिले अनसन थालेका हुन् ।

काठमाडौँमा पाँच दिनदेखि नेपाली कांग्रेस धनुषाका पूर्वसांसद तथा पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवसहितका नेता आमरण अनसनमा छन् ।

उनकै समर्थनमा जनकपुरमा पनि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बस्ने गरी अन्सन जारी छ । तरुण दलको केन्द्रीय सदस्य नरेश यादवका अनुसार धनुषाको निर्वाचन क्षेत्र नम्बर १ र ४ मा क्षेत्रीय सभापतिले धाँधली गरी सदस्यताको वितरण गरेको छ ।

जिल्लाबाट पठाएको प्रतिवेदनको आधारमा सदस्यता वितरण हुनु पर्ने र प्रक्रिया विपरीत वितरण गरिएको सदस्यता रद्ध गर्नुपर्ने उनको माग छ ।

वडा सभापतिको जानकारी बिनै अन्य पार्टीबाट आएकालाई सदस्यता दिइएको उनले बताए । पार्टीलाई कब्जा गर्न र आफु सुरक्षित हुन यस्तो गरिएको उनको भनाइ छ ।

धनुषा निर्वाचन क्षेत्र नम्बर १ को सभापति जितनारायण यादव छन भने निर्वाचन क्षेत्र नम्बर ४ को सभापति योगी पञ्जियार छन् ।

उनीहरूले पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो बर्चश्व देखाउन पार्टीको विधान विपरीत कार्य गरेको आरोप लागेको छ । धनुषामा १२ हजार क्रियाशील सदस्य थिए ।

१२ हजार पुनः थप्ने पार्टीको संस्थागत निणर्य भएपनि सात हजार मात्रै थपिएको छ । धनुषामा करिब १९ हजार क्रियाशील सदस्य छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  १ : १२ बजे

आज विश्व मातृ पृथ्वी दिवस मनाइँदै, दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

काठमाडौँ– दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज विश्व

कूटनीतिक राहदानीबारे सभामुख र दलका मुख्य सचेतकहरुबीच छलफल हुँदै

काठमाडौँ– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विकास, आर्थिक मामिला तथा

‘जबज’सामु लोकप्रियतावाद र अवशरवाद केही समयका पाहुना हुन् : शंकर पोखरेल

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले अंगिकार गरेको मार्गदर्शक

नेकपा स्थापना दिवस कार्यक्रममा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थापना दिवसको