काठमाडौं उपत्यकामा बढ्न थाले कोरोना संक्रमित, एकैदिन ७५१ जनामा स‌क्रमण पुष्टि  « Khabarhub

काठमाडौं उपत्यकामा बढ्न थाले कोरोना संक्रमित, एकैदिन ७५१ जनामा स‌क्रमण पुष्टि 


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । पछिल्लो २४ घण्टामा मात्रै ७५१  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

एक साताअघिसम्म दैनिक ४ सयको हाराहारीमा संक्रमित संख्या रहेकोमा केही दिन देखियता बढ्दै गएर दैनिक ७ नाघेको हो ।

मन्त्रालयका अनुसार विहीबार काठमाडौंमा ५३६, ललितपुरमा १३० र भक्तपुरमा ८५ जना कोरोना संक्रमित थपिएका हुन् ।

यसअघि हिजो बुधबार काठमाडौँ उपत्यकामा मात्रै ६९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंमा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना कोरोना संक्रमित थपिएका थिए ।

यस्तो छ काठमाडौँ उपत्यकाको पछिल्लो विवरण 

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ५ : ०३ बजे

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको