पार्टी एकताका लागि बाटो बिराएका समूहलाई माफी दिन्छौँ : ओली « Khabarhub

पार्टी एकताका लागि बाटो बिराएका समूहलाई माफी दिन्छौँ : ओली


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि बाटो बिराएका समूहलाई माफ गर्ने बताएका छन् ।

बिहीबार पुष्पलाल स्मृति दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सबैलाई एकताका यसअघि गरेका गल्तीलाई माफी दिने बताएका छन् ।

पार्टीमा देखिएको विवादका कारण ठूलो धक्का व्यहोर्नुपरेको भन्दै उनले नेपाल पक्षलाई पार्टीमा फर्कन आग्रह समेत गरे । ओलीले कम्युनिस्ट आन्दोलन अझैपनि पूरा नभएकाले एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे ।

ओलीले आफ्नो सरकारलाई जनादेशले नभई परमादेशले हटाएको बताए । उनले राष्ट्र र जनताको पक्षमा काम गरेको देख्न नचाहेकाले शुरुदेखि नै आफ्नो सरकारलाई हटाउन कोशिस गरेको र अदालतले बाटो सहज बनाइदिएको तर्क गरेका थिए ।

अहिले जेसुकै जहाँसुकैबाट ढाले पनि संसदमा एमाले प्रमुख पार्टी रहेको र यसले जहिले पनि अग्रगामी विचार लिने उनको तर्क थियो । उनले कम्युनिसेटलाई मजबुद बनाउनका लागि पुष्पलालले रोपेको बिरुवालाई मर्न नदिने बताए ।

पुष्पलालले रोपेको बिरुवालाई मदन भण्डारीले स्याहारसुसार गरेर वैचारिक ढंगले अद्यावधिक, प्रवलीकरण गरेर अगाडि बढेको भन्दै उनले अब आफूहरुले यसलाई थप मजबुद बनाउने जिकिर गरे ।

कार्यक्रममा एमाले नेताहरुले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालले खेलेको भूमिकाको चर्चा गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ६ : ०१ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका