चीनबाट थप ८ लाख डोज खोप आइपुग्यो | Khabarhub Khabarhub

चीनबाट थप ८ लाख डोज खोप आइपुग्यो


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनबाट आज थप ८ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप नेपाल ल्याइएको छ । खोप लिएर नेपाल वायुसेवा निगमकाे विमान आज दिउँसो आइपुगेको हो ।

सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको खोप ल्याइएको हो । यसअघि गत असार २५ गते ८ लाख डोज ल्याइएको थियो।

निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलका अनुसार थप खोप लिन आज राति ११ बजे निगमको जहाज बेइजिङ उड्नेछ ।

बाँकी डोज ल्याउन शनिबार उक्त जहाज फेरि बेइजिङ जाने कार्यक्रम छ । नेपालले चीनको खोप उत्पादक कम्पनी सिनोफर्मसँग ४० लाख डोज खोप खरिद गरेको हो ।

अबको तीन दिनभित्र २५ लाख खोप आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि चीनले १८ लाख खोप अनुदानमा दिएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटामा चिनियाँ राजदूरत होउ यान्छीले थप १६ लाख खोप अनुदानमा दिन लागेको बताएकी थिइन्।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ६ : ४४ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र