चीनबाट थप ८ लाख डोज खोप आइपुग्यो « Khabarhub

चीनबाट थप ८ लाख डोज खोप आइपुग्यो


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनबाट आज थप ८ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप नेपाल ल्याइएको छ । खोप लिएर नेपाल वायुसेवा निगमकाे विमान आज दिउँसो आइपुगेको हो ।

सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको खोप ल्याइएको हो । यसअघि गत असार २५ गते ८ लाख डोज ल्याइएको थियो।

निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलका अनुसार थप खोप लिन आज राति ११ बजे निगमको जहाज बेइजिङ उड्नेछ ।

बाँकी डोज ल्याउन शनिबार उक्त जहाज फेरि बेइजिङ जाने कार्यक्रम छ । नेपालले चीनको खोप उत्पादक कम्पनी सिनोफर्मसँग ४० लाख डोज खोप खरिद गरेको हो ।

अबको तीन दिनभित्र २५ लाख खोप आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि चीनले १८ लाख खोप अनुदानमा दिएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटामा चिनियाँ राजदूरत होउ यान्छीले थप १६ लाख खोप अनुदानमा दिन लागेको बताएकी थिइन्।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ६ : ४४ बजे

नेपाल आँखा अस्पतालले २० हजार छात्रछात्राको आँखा परीक्षण गर्दै

काठमाडौं– त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले आगामी तीन महिनामा काठमाडौँ महानगरपालिकाभित्रका

सुदूरपश्चिम प्रदेशसभा : संशोधन विधेयकको प्रतिवेदन पेस

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभामा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन

भेपमा सुन तस्करी : पूर्वसभामुख महरा र छोरा राहुल मुख्य योजनाकार, कर्मचारीदेखि व्यापारीसम्मलाई मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर

भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना

काठमाडौं– विस्केट जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारी 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको