हिन्दू विरोधी अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय एकता अभियानद्वारा बाबुरामविरुद्ध प्रदर्शन « Khabarhub

हिन्दू विरोधी अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय एकता अभियानद्वारा बाबुरामविरुद्ध प्रदर्शन


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिन्दू धर्म विरोधी अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय एकता अभियानले पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गरेको छ ।

भट्टराईले हिन्दुत्वविरोधी घृणा फैलाउने कार्य गरेको भन्दै अभियानले प्रदर्शन गरेको हो । अभियानका कार्यकर्ताहरुले भट्टराईविरुद्ध चर्को नारा लगाउँदै उनको पुत्ला समेत दहन गरेका छन् ।

अभियानका कार्यकर्ताहरुले ‘इसाईका दलाल बाबुराम–मुर्दावाद’, ‘देश वेचुवा बाबुराम–मुर्दावाद’, ‘रक्तचुसक बाबुराम –मुर्दावाद’ र मातृभूमिका गद्दार–मुर्दावाद’ जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनका सहभागी अभियन्ता मनिषले पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेख्दै हिन्दुत्वविरोधी घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै आक्रोश व्यक्त गरे ।

“पूर्व प्रधानमन्त्री भट्टराई इसाईका दलाल हुन्, पछिल्लो समय उनी हिन्दूत्वविरोधी घृणा फैलाउने काम गर्दै आइरहेका छन्,” उनले भने ।

यसैबीच एकता अभियानले भट्टराईविरुद्ध जनकपुरमा पनि प्रदर्शन गरेको छ । अभियानका कार्यकर्ताहरुले जनकपुरमा भट्टराईको पुतला दहन गरेका छन् । अभियान जनकपुरका संयोजक मनीष पुर्बे, सदस्यहरु चन्द्र भानु साह, सरोज यादव, दीपेन्द्र साहको नेतृत्वमा पुतला दहन गरिएको हो।

बुधबार बाबुरामले भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दूध चडाई रहेको एउटा फोटो पोस्ट गर्दै गरेको ट्वीटलाई लिएर उनको आलोचना भएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ७ : ५६ बजे

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका