आज चौथो विश्व संस्कृत दिवस « Khabarhub

आज चौथो विश्व संस्कृत दिवस


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषितर्पणी) को दिन पारेर मनाउन थालिएको विश्व संस्कृत दिवसको चौथो संस्करण आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विसं २०७५ देखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो ।

चौथो विश्व संस्कृत दिवसको आयोजना नेपाल, अमेरिका र बेलायतका विभिन्न संस्थाले संयुक्त रुपमा गरेका छन् ।

नेपालबाट नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्व विद्यालयको संस्कृत केन्द्रीय विभाग र सोही विश्व विद्यालयअन्तर्गत त्रिचन्द्र महाविद्यालयस्थित दर्शनशास्त्र तथा मनोविज्ञान विभाग, जयतु संस्कृतम्, सनातन धर्म महासङ्घ र जरो किलो प्रतिष्ठान, अमेरिकाबाट सहृदयता इन्टरनेशनल र विश्व भुटानी हिन्दू सङ्गठन तथा बेलायतबाट नेपाली हिन्दू फोरम यूकेको सहकार्यमा यो दिवस मनाइँदैछ ।

नेपालमा चौथो विश्व संस्कृत दिवसको मूल समारोह वाल्मीकि विद्यापीठ, प्रदर्शनी मार्ग, काठमाडौँमा आयोजना गरिएको छ ।

कोरोना भाइरस महाव्याधिले सरकारले जारी गरेको निर्देशनअनुसार थोरै सङ्ख्यामा मात्र प्रत्यक्ष उपस्थित हुने र देश तथा विदेशबाट प्रविधिमार्फत धेरै सङ्ख्यामा सहभागिता हुने निर्देशन समिति संयोजक डा. निर्मलमणि अधिकारीले जानकारी दिए ।

मूल समारोहलाई सम्पूर्णानन्द संस्कृत विश्व विद्यालयका पूर्वकुलपति प्रा.डा. राजाराम शुक्ल, नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछाने, त्रिभुवन विश्व विद्यालयको संस्कृत केन्द्रीय विभागका प्रमुख प्रा. डा. नारायणप्रसाद गौतम र जैनमुनि डा.मणिभद्र महाराजसहितका वक्ताले सम्बोधन गर्नेछन् ।

देश तथा विदेशबाट कार्यपत्र, संस्कृत रचना तथा विशिष्ट वक्तव्यको प्रस्तुति पनि हुनेछ । नेपालका विभिन्न भूभागका साथै भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, कतारलगायत देशमा चौथो विश्व संस्कृत दिवस मनाउन कार्यक्रम तय भइसकेको जरोकिलो महाअभियानका सङ्कल्पकर्ता एवं काठमाडौँ विश्व विद्यालयका सहप्राध्यापकसमेत रहेका निर्देशन समिति संयोजक अधिकारीले बताए ।

श्रावण शुक्ल पूर्णिमा ऋषिहरुसँग जोडिएको ऋषितर्पणीको दिन भएकाले यो दिन विश्व संस्कृत दिवस मनाउन थालिएको हो । ऋषिले नै वेदका मन्त्र ध्यान दृष्टिका माध्यमबाट देखेकाले पनि यसै दिन संस्कृत दिवस मनाउन उपयुक्त हुने भएकाले यसको शुरुआत गरिएको हो ।

प्राचीनकालमा शैक्षिक सत्रको शुरुवआत पनि श्रावण शुक्ल पूर्णिमाकै दिनदेखि शुरु गरिने गरेकाले पनि यसै दिनलाई विश्व संस्कृत दिवसका रुपमा मनाउन थालिएको हो ।

यस अवसरमा विभिन्न गुरुकुलमा पनि कार्यक्रम गरिने जनाइएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर दिवस मनाउने तयारी गरिएको मूल समारोह समितिले जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ८ : २५ बजे

कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

कालीकोट– कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको

मकैको पातमा झरीको सङ्गीत !

प्रिय सोफिया,अविरल माया ।झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई

आज राष्ट्रिय धान दिवस, रोपाइँ गरेर मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज

विश्वकपमा ७२ खेल सकिँदा खतरनाक टिम बन्यो फ्रान्स, चर्चामा मेसीको जादू

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा भइरहेको विश्वकप

देशका धेरै भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल