हेलिकप्टरमार्फत गर्भवतीको उद्धार « Khabarhub

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– पाँचपोखरी थाङ्पाल गाउँपालिका– ३ भोताङकी एक गर्भवतीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

दुई दिनदेखि भर्ना गरिएकी २२ वर्षीया लक्ष्मी तामाङलाई स्थानीय स्वास्थ्यचौकीबाट सुत्केरी गराउन नसकेपछि हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको वडा नं ३ का अध्यक्ष ङिमा छिरिङ तामाङले बताए ।

पाठेघरको मुख पूरै खुलिसक्दा पनि सुत्केरी हुन नसेकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको स्वास्थ्यचौकी प्रमुख मिखायलले जानकारी दिए । सरकारले दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरी महिलाका लागि हेलिकप्टरमार्फत उनलाई उद्धार गरिएको हो ।

अविरल वर्षाले सडकमा पनि क्षति पुर्‍याएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको बताइएको छ । सिन्धुपाल्चोकका हेलम्बु, पाँचपोखरी र जुगल गाउँपालिका राष्ट्रपति महिला उत्थान कार्यक्रममा छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  १२ : २५ बजे

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र