एमालेले माग्यो लुम्बिनी प्रदेशका सभामुखको राजीनामा « Khabarhub

एमालेले माग्यो लुम्बिनी प्रदेशका सभामुखको राजीनामा


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनीका दुई सांसदको पद ‘जोगाएपछि’ नेकपा एमालेले सभामुखको राजीनामा मागेको छ ।

एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्यद्वय विमलाकुमारी खत्री वली र अजय शाहीमाथि पार्टीले गरेको कारवाहीलाई प्रदेशसभाले मान्यता नदिएकोमा आक्रोश जनाउँदै सभामुखको राजीनामा माग गरेको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्यद्वय वली र शाहीले गत वैशाख १९ गते, जेठ १९ गते र जेठ ३० गते संसदीय दलको बैठकमा सहभागी भएको दाबी गरे ।

एमाले संसदीय दलको सदस्यका हैसियतले नै बैठकमा उनीहरु सहभागी भएको ढकालको जिकिर छ ।

एमाले संसदीय दलले प्रदेशसभा सचिवालयले सांसदद्वयको सन्दर्भमा कारवाही गर्न नमिल्ने जिकिरसहित पठाएको पत्रका बारेमा पनि ढकालले आपत्ति जनाएका छन् ।

सभामुख पूर्णबहादुर घर्तीको भूमिकामाथि प्रश्न उठाउँदै ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निज सभामुख आवद्ध नेकपा माओवादी केन्द्र पार्टीका प्रदेश सदस्यहरुलाई पार्टी केन्द्रले निष्काशन गरेको जानकारी प्रदेशसभालाई २४ घण्टाभित्र सूचना टाँसी सार्वजनिक गर्ने सभामुखले नेकपा एमाले संसदीय दलले गरेको कारवाहीलाई उल्टै न्यायाधीशले जस्तै फैसला गरी सदनमा जानकारी गराउन नपर्ने भन्ने निर्णय विधिको शासन विपरीत, पक्षपातपूर्ण र संसदीय मूल्यमान्यता विपरीत छ ।’

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ३ : ३१ बजे

रेसुङ्गाले गर्‍यो १० जना उद्यमीलाई सम्मान

गुल्मी– रेसुङ्गा नगरपालिकाले ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’का सर्वोत्कृष्ट

चीनका राष्ट्रपति सी र बेलारुसका नेता लुकासेन्कोबीच भेटवार्ता

एजेन्सी– चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग

गुल्मीमा खडेरीले किसान चिन्तित

गुल्मी– जिल्लामा अधिकांश खेत आकासेपानीमा निर्भर भएका कारण कृषकलाई धान

सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता

ईयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल

ब्रसेल्स– युरोप र चीनबीचको व्यापारिक तनाव वार्ताबाट समाधान गर्ने पहलसहित