माओवादी केन्द्रले प्रदेश कमिटी पदाधिकारी र जिल्ला इन्चार्ज तोक्यो « Khabarhub

माओवादी केन्द्रले प्रदेश कमिटी पदाधिकारी र जिल्ला इन्चार्ज तोक्यो


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला समन्वय समितिमा इन्चार्जहरु तोकेको छ ।

आइतबार बसेको माओवादी स्थायी समिति बैठकले केन्द्रीय समितिको निर्देशन अनुसार प्रदेश र जिल्ला समन्वय समितिमा इन्चार्ज तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठ जानकारी दिए ।

त्यस्तै बैठकले सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी पनि तोकेको प्रवक्ता श्रेष्ठले बताए ।

केन्द्रीय कमिटीले स्थायी समितिलाई दिएको जिम्मेवारी र निर्देशनअनुसार विभिन्न प्रदेशका रिक्त पदाधिकारी, जिल्ला इन्चार्ज र पार्टीका विभागको प्रमुख तोक्ने निर्णय भएको उनले बताए ।

केन्द्रीय समितिका सदस्यहरु नभएका जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेर केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी पनि दिएको श्रेष्ठले बताए ।

जिल्ला समन्वय समितिका संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेश समितिलाई दिइएको उनको भनाइ छ ।

प्रवक्ता श्रेष्ठले राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर वडा, पालिका र प्रदेश सम्मेलन गर्ने सन्दर्भमा निर्वाचन नियमावली र निर्देशिका तयार पारेको र छिट्टै तल्लो तहमा पठाइने जानकारी दिए ।

बैठकले क्रान्तिकारी धाराका सबै कम्युनिस्टहरूको एकता र ध्रुवीकरणका निम्ति वार्ता तथा पहल गर्ने निर्णय गरेको उनले बताए । प्रवक्ता श्रेष्ठले सरकार विस्तारमा केही ढिलाइ भए पनि अब छिट्टै पूर्णता हुने दावी गरे ।

बैठकले प्रदेश १ बाहेक ६ वटा प्रदेशमा जिम्मेवारी तोकेको हो। प्रदेश १ मा भने पछि तोकिने जनाइएको छ।

यस्तो छ सूची

प्रदेश २ : गणेश साह

वागमती : हितमान शाक्य

गण्डकी : हितराज पाण्डे

लुम्बिनी : चक्रपाणी खनाल

कर्णाली : शक्तिबहादुर बस्नेत

सुदूरपश्चिम : खगराज भट्ट

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ६ : १९ बजे

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट

उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार अज्ञात आतंककारीहरूले

केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन