स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ भने- २० हजार स्वास्थ्यकर्मी थप्नुपर्छ | Khabarhub Khabarhub

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ भने- २० हजार स्वास्थ्यकर्मी थप्नुपर्छ


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले देशभरिका अस्पतालका लागि २० हजार चिकित्सक तथा स्वास्थ्यकर्मी थप्नुपर्ने बताएका छन् ।

भरतपुर अस्पतालमा आज आइतबार आयोजित स्वागत कार्यक्रममा उनले चिकित्सक, नर्स र प्यारामेडिकलको दरबन्दी थप्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

गरिब नागरिकले सहज उपचार पाउनका लागि जनशक्ति थप गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले सरकारी अस्पताललाई साधन, स्रोत र जनशक्ति अभाव हुन दिन नहुनेमा जोड दिए । भरतपुर अस्पतालले सम्पूर्ण सेवा दिन नसकेका कारण भरतपुरका गल्लीगल्लीमा अस्पताल खुलेको बताउँदै अस्पताललाई के उपकरणको समस्या हो त्यसबारेमा जानकारी दिन राज्यमन्त्री श्रेष्ठले आग्रह गरे ।

उनले भने, ‘समस्या के हो जानकारी दिनुहोस्, पाँच/दश करोड बजेटको समस्या हुँदैन ।’

उनले आउँदो असोज महिनाभित्र ३३ प्रतिशत जनसङ्ख्यालाई र चैत महिनाभित्र शतप्रतिशत जनसङ्ख्यालाई कोरानोविरुद्धको खोप लगाइने बताए ।

राज्यमन्त्री श्रेष्ठले नेपालमा सबै जनसङ्ख्यालाई झन्डै पाँच करोड ५० लाख खोप आवश्यक रहेकामा पाँच करोड २५ लाख खोपको सम्झौता भइसकेको जानकारी दिँदै भने, ‘हाम्रो भण्डारण क्षमता २५ लाख खोप मात्र हो । त्यसैले खोप लगाउँदै फेरि ल्याउँदै गर्नुपरेको छ ।’

सरकारको ध्यान कोरोना परास्त गर्नमा केन्द्रित रहेको बताउँदै उनले केही दिनमा पीसीआर र एन्टिजेन परीक्षणलाई पूर्णरूपमा निःशुल्क गर्ने योजना रहेको जानकारी दिए । कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले नजिकै रहेको क्यान्सर अस्पतालमा चिकित्सक र नर्सको तलब दुई गुणा बढी हुँदा भरतपुर अस्पतालमा भने फरक देखिएकामा त्यस्तो हुन नहुने धारणा व्यक्त गरे ।

भरतपुर अस्पतालका शैक्षिक कार्यक्रम संयोजक प्रा. डा. कृष्ण पौडेलले सरकारको आफ्नै मेडिकल कलेज बन्नुपर्ने बताए । उनले भरतपुर अस्पतालमा रहेको मदन भण्डारी ट्रमा सेन्टर र मदन भण्डारी प्रतिष्ठान हेटौडामा सारिएको भन्दै भरतपुर अस्पताललाई उचाइमा पुर्‍याउन अस्पतालबाट सेवाहरू अन्यत्र सार्ने नभइ अन्यत्रबाट ल्याएर भए पनि थप गर्नुपर्ने बताए ।

भरतपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. भोजराज अधिकारीले आफूहरू अस्पतालका लागि चाहिने सेवा तथा सामग्रीहरू माग्न मन्त्रालय जाँदा कहाँ र कसलाई भेट्ने हो भन्ने विषयमा अन्योल हुने गरेको गुनासो गरे । उनले चिकित्सक आवास र प्रसूति भवन बनाउन र अस्पतालबाट निस्कने फोहर व्यवस्थापनका लागि ढल निकासी तथा स्वच्छ खानेपानीको व्यवस्था गर्नु आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ९ : १८ बजे

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सप्तरी– सवारी ज्यान मुद्दाका फरार प्रतिवादी शम्भुनाथ नगरपालिका-१२ बस्ने गंगाराम साहलाई सोमबार

मूल्य अभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

काठमाडौं– नेपाल रत्न तथा आभूषण सङ्घले हीरा तथा बहुमूल्य पत्थरमा

इजरायली आक्रमणपछि भारतले आफ्ना विद्यार्थी स्थानान्तरण गर्दै

एजेन्सी – इजरायलले इरानमा आक्रमण गरेपछि इरानमा रहेका भारतीय विद्यार्थीहरूलाई

‘स्वतन्त्र प्यालेस्टाइन जिन्दाबाद’ भन्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– स्वतन्त्र प्यालेस्टाइनको पक्षमा काठमाडौंमा प्रदर्शन भएको छ । इजरायल

समयमा पहिचान, समयमै उपचार : क्यान्सरको निदान

काठमाडौं–  स्तन तथा पाठेघरको मुखको क्यान्सर न्यूनीकरणका लागि परीक्षणलाई तीव्रता