माओवादी स्थायी समिति बैठक : विचार मिल्नेसँग सहकार्यसँगै एकता « Khabarhub

माओवादी स्थायी समिति बैठक : विचार मिल्नेसँग सहकार्यसँगै एकता


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठकाडौँ- नेकपा (माओवादी केन्द्र)ले विचार मिल्ने सबै कम्युनिष्ट घटकसँग सहकार्य एवम् एकता गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले समान विचार भएका वामपन्थी पार्टीसँग सहकार्य, एकता गर्दै नयाँ कम्युनिष्ट पार्टीको अवधारणाका साथ अगाडि बढ्ने निर्णय गरेको हो ।

तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रका बीचमा चुनावी गठबन्धन र पार्टी एकतासमेत भएको थियो । एकता प्रक्रिया तीन वर्ष पूरा नहुँदै टुटेपछि नयाँ आधारमा कम्युनिष्ट पार्टीबीचको एकता र सहकार्यलाई अगाडि बढाउने माओवादीले निष्कर्ष निकालेको छ । विचार मिल्ने सबै वामपन्थी पार्टी र समूहसँग सहकार्य गर्दै एकताको प्रक्रिया अगाडि बढाउने बैठकको निष्कर्ष रहेको माओवादीले जनाएको छ ।

बैठकले पार्टीका विभागीय प्रमुख तोकेको छ । जिल्ला इन्चार्ज तोक्ने जिम्मा भने प्रदेश समितिलाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । केन्द्रीय समितिको बैठकको दिशानिर्देशअनुसार आज विभागीय प्रमुख, प्रदेश प्रमुख तोकिएको हो ।

माओवादीले सात प्रदेशका इन्चार्ज र अन्य विभागका प्रमुख तोकेर पार्टी सङ्गठनको कामलाई प्रभावकारी बनाउन लागिएको जनाएको छ । माओवादीले जिल्ला समितिलाई जिल्ला समन्वय समितिमा रुपान्तरण गरेको छ । सोही आधारमा जिल्ला इन्चार्ज तोकेको छ ।

त्यस्तै, केही जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ । केन्द्रीय प्रतिनिधिले पार्टी सङ्गठनको काम सम्हाल्नेछ । माओवादीले सङ्घीय, प्रदेश र स्थानीय समिति बढी कामकाजी बनाउन लागेको छ । जिल्ला समितिलाई प्रदेश र स्थानीय तहको समन्वय गर्ने जिम्मा मात्रै दिइएको छ । यस्तै, माओवादी छाडेर एमाले प्रवेश गरेका नेताको सट्टामा अन्य नेतालाई जिम्मेवारी दिएर परिपूर्ति गरिएको छ ।

यस्तै, माओवादीले वडा, पालिका र प्रदेश अधिवेशनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । अधिवेशनका लागि आवश्यक पर्ने नियमावली र निर्देशिका तयार पार्ने काम जारी रहेको छ । ती तयार भएपछि तल्ला तहमा पठाइनेछ ।

माओवादीले पार्टीको सङ्गठन विस्तारका साथसाथै राष्ट्रिय स्वाधीनताको रक्षाको विषय, तत्काल कोभिड महामारीमा जनतालाई सहयोग गर्ने विषय र कोभिडसँग जुध्न एकताबद्ध हुने विषयलाई पनि प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने भएको छ ।

त्यसैगरी माओवादीले ‘प्रतिगमन’प्रति सचेत रहँदै शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक भेदभावको अन्त्य, उत्पादन, रोजगारी, पर्यावरणको रक्षा, विज्ञान प्रविधिको अधिकतम प्रयोगजस्ता विषयमा ध्यान केन्द्रित गर्न सिङ्गो पार्टी कमिटीलाई निर्देशित गरिएको जनाएको छ । फरक एक प्रसङ्गमा प्रवक्ता श्रेष्ठले निर्वाचन आयोगले नयाँ दल दर्ताको प्रक्रिया सम्पन्न गरेलगत्तै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  १० : ५२ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही