काठमाडौँ– विश्वमा कोरोना संक्रमितको संख्या २३ करोड नाघेको छ ।
वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ५० हजार ९०१ जना संक्रमित भएका छन् । पछिल्लो विवरणसँगै बुधबार बिहान ६:३० सम्म विश्वभर संक्रमितको संख्या २३ करोड २ लाख ७३ हजार ७४१ पुगेको छ ।
होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८५ लाख ५८ हजार ९४९ छ । यसमध्ये ९८ हजार ४१५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै विश्वभर अहिलेसम्म २० करोडभन्दा बढीले कोरोना भाइसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ५ लाख ३ हजार ९६१ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमण जित्नेको संख्या २० करोड ६९ लाख ९३ हजार २२६ पुगेको छ ।
४७ लाखभन्दा बढीको मृत्यु
पछिल्लो २४ घण्टामा ८ हजार १०५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ४७ लाख २१ हजार ५६६ पुगेको छ ।
खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।
बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख १७ हजार ९८९ जनामा संक्रमण भएको छ । यस्तै थप १ हजार ८९६ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख ९६ हजार ८३४ जनाको मृत्यु भइसकेको छ ।
यसैगरी ब्राजिलमा ५ लाख ९१ हजार ५१८ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३० हजार संक्रमित देखिन थालेका छन् । भारतमा बुधबार बिहानसम्म ४ लाख ४५ हजार ८०१ संक्रमितको मृत्यु भएको छ ।
प्रतिक्रिया