ललिता निवास प्रकरणमा मेरो संलग्नता छैन : गच्छदार (भिडियोसहित) | Khabarhub Khabarhub

ललिता निवास प्रकरणमा मेरो संलग्नता छैन : गच्छदार (भिडियोसहित)


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको प्रकरणमा आफूमाथि झुठो मुद्दा लगाइएको बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन गरी उनले सो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथि झुठो मुद्दा लगाएको तर्क गरे । उनले तत्कालीन ओली सरकारले आफूलाई फसाएकोसमेत आरोप लगाए । उनले अख्तियारले स्वतन्त्र रुपमा काम नगरी सरकारको छाँयाका रुपमा काम गरेको भन्दै तत्कालीन सरकारकै षडयन्त्रमा आफूमाथि मुद्दा लगाइएको जिकिर गरे ।

ललिता निवास जग्गा प्रकरणमा आफूले मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा पेश मात्र गरेको उल्लेख गर्दै गच्छदारले आफूले व्यक्तिगत लाभ लिएर सरकारलाई कुनै हानी नगरेको दावी गरे । उनले प्रस्ताव पेश गरेको आरोपमा आफूमाथि मुद्दा चलाइएको तर अन्यलाई सफाइ दिएको भन्दै अख्तियारले छानीछानी मुद्दा लगाएको प्रतिक्रिया दिए ।

बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्नेसम्बन्धी प्रस्ताव तत्कालिन भौतिक पूर्वाधारमन्त्री गच्छदारले मन्त्रिपरिषदमा लगेको अख्तियारको दावी छ । तत्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारले सो निर्णय गरेको थियो ।

अख्तियारले यसै विषयमा गच्छदारसमेत १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सो मुद्दामा वयान दिन गत असार ३० गते हाजिर भएका उनलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

हेरौँ भिडियो

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  २ : २९ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको