बंगलादेश टी-ट्वान्टी विश्वकपको सुपर-१२ मा « Khabarhub

बंगलादेश टी-ट्वान्टी विश्वकपको सुपर-१२ मा


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बंगलादेश आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सुपर-१२ मा पुगेको छ ।

ओमान क्रिकेट मैदानमा बिहीबार पपुवा न्यू गिनी (पीएनजी) लाई ८४ रनले पराजित गर्दै बंगलादेश दोस्रो जितसहित सपुर-१२ मा पुगेको हो ।

बंगलादेशले दिएको १ सय ८२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पीएनजी १९ ओभर ३ बलमा अलआउट हुँदै ९७ रनमा समेटिएपछि बंगलादेशले सुपर-१२ को स्थान सुरक्षित गरेको हो ।

पीएनजीका किप्लिन डोरिगाले सर्वाधिक ४६ रन बनाए । चाड सोपेरले ११ रन जोड्दा कप्तान असाद भाला ६ रनमा आउट भए ।

पीएनजीलाई सस्तैमा समेट्न बंगलादेशका शकिब अल हसनले ४ विकेट लिए । मोहमद सैफुदीन र ताक्सिन अहमेदले २/२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । बंगलादेशका लागि कप्तान महमुदउल्लाहले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै शकिब अल हसनले ४६ रन जोड्दा लिटोन दासले २९ रन बनाए ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ६ : ४५ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा